६ वैशाख २०८१ बिहीबार
कला

करिष्मा ‘हिरोज्’की हिरो !

काठमाडौ– अभिनेत्री तथा निर्मात्री करिश्मा मानन्धरले धेरै फिल्ममा नायिकाका रुपमा नै अभिनय गरेकी छन् । उनलाई फिल्ममा दर्शकले हिरो चरित्रमा बिरलै देखेका छन् । यिनै करिश्मा आगामी चैत्र २३ गतेबाट रिलिज हुन लागेको फिल्म ‘हिरोज्’मा एक हिरोको रुपमा देखिँदैछिन्।

फिल्मको टे«लर सार्वजनिक गर्न आइतबार राजधानीमा आयोजित कार्यक्रममा उनले आफूलाई फिल्मको स्क्रिप्ट मन परेको बताइन् । ‘हिरोज्मा मनोरञ्जन मात्र नभइ समाजोपयोगी सन्देश पनि छ । त्यसैले मैले निकै मन लगाएर काम गरेकी छु,’उनले भनिन्,‘फिल्ममा म पनि एउटा हिरो चरित्रमा छु । फिल्म राम्रो बनेको छ । आम दर्शकलाई यो फिल्मले छुने विश्वास छ।’

अभिनेत्री तथा निर्मात्री पूर्णिमाले आफू चाहेर निर्माता नबनेको बताइन् । ‘मैले हिरोज् बनाउदा धेरै दुःख पाएँ । पैसाले मात्रै फिल्म बन्दैन रहेछ,’ भावुक हुँदै उनले भनिन्,‘मेहनतअनुसार फिल्म निकै राम्रो बनेको छ । फिल्ममा बेरोजगारीको पीडा, मानव बेचबिखन, समाजीक भेदभाव र न्यायको लागि संघर्षको कथा प्रस्तुत गरेका छौ।’

अभिनेता तथा कथाकार संजोग राणाले कार्यक्रममा निर्देशक एनबी महर्जन उपस्थित नभएकोमा चित्त दुखाए । ‘उहाँले आफूले बोलेको कुरा पुरा गर्न सक्नु भएन । त्यसैले हामीले बारम्बार खबर गर्दा पनि आउनु भएन । उहाँलाई धन्यवाद ।’ उनले भने।

फिल्ममा करिश्मा मान्नधर, जयकिशन बस्नेत, पूर्णिमा लामा, संजोग राणा, कमली वाइवा, मुकेश ढकाल, दिलकृष्ण श्रेष्ठ, सहिन प्रजापति, दिनेश डिसीलगायतको अभिनय छ । शंकर महर्जनको द्वन्द्व रहेको फिल्ममा शिव ढकाल र रामशरण उप्रेतीको छायांकन छ ।जय लक्ष्मी फिल्मस्को ब्यानरमा निर्मित फिल्मका प्रस्तुतकर्ता लक्ष्मी लामा हुन् । फिल्ममा युवराज लामा, शेखर लामा र संजोग राणाको लगानी छ।
 

प्रकाशित: २२ फाल्गुन २०७४ ०६:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App