coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकाले ४३ वर्षपछि भियतनाममा उतार्‍यो युद्धपोत

न्युयोर्क – संयुक्त राज्य अमेरिकाले युद्ध भएको ४३ वर्षपछि भियतनाममा ‘कार्ल विन्सन’ नामक युद्धपोत पठाएको छ।

सोमबार विहान १ लाख ३ हजार टन क्षमताको अमेरिकी युद्धपोत र अन्य दुई जहाज भियतनामको दानाङ्ग सहरमा अवतरण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

चीनको बढ्दो क्षेत्रीय प्रभाव नियन्त्रण गर्न र दक्षिण चिनियाँ सागरमा भियतनामको अधिकारको समर्थन गर्दै अमेरिकाले युद्धपोत पठाएको बताइएको छ।

भियतनामका लागि अमेरिकी राजदूत डेनियल क्रैटेनब्रिंकले यो कदम दुई देशको द्विपक्षीय सम्बन्धमा एक महत्वपूर्ण निर्णय भएको बताएका छन्। एक मजबुद, समृद्ध र स्वतन्त्र भियतनामका लागि यो अमेरिकी समर्थन भएको उनको टिप्पणी छ।

अमेरिकी युद्धपोतका कमाण्डर रियर एडमले ४० वर्षसम्म कुनै मालबाहक जहाज भियतनाम नगएको अवस्थामा यो कदम निकै ठूलो र ऐतिहासिक भएको बताए। यो कदम यस क्षेत्रमा सुरक्षा, स्थिरता र समृद्धिलाई प्रवर्द्धन गर्नका लागि उठाइएको उनको भनाई छ।

अमेरिकाले पठाएको ‘कार्ल विन्सन’ युद्धपोतलाई दक्षिण चिनियाँ सागरमा तैनाथ गरिएको बताइएको छ।

प्रकाशित: २२ फाल्गुन २०७४ १२:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App