coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मुस्लिम विरोधी गतिविधि बढेपछि श्रीलंकामा संकटकाल

कोलम्बो-मस्जिद र मुसलमान समुदायका दोकानमा सिलसिलेबार हमला पछि श्रीलंका सरकारले संकटकाल घोषणा गरेको छ। क्यान्डी सहरका केही इलाकामा कर्फ्यु समेत लगाइएको बीबीसीले जनाएकोछ। श्रीलंकाले बौद्धमार्गी सिंहाली समुदायको बाहुल्य रहेको क्यान्डी सहरमा मुस्लिम विरोधि हमला भएका थिए।

दश दिनसम्मका लागि संकटकाल घोषणा गरिएको सरकारका प्रवक्ता दयासिरी जयसेकराले बताए। पछिल्ला केही दिन यता सिंहाली समुदायले मुस्लिम समुदायका मस्जिद, दोकान, र घरमा आगजनी गरिदिएका छन्। जसले गर्दा क्यान्डीमा तनाव सिर्जना भएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले आपतकालिन अवस्था सिर्जना भएको घोषणा गर्ने निर्णय गर्नुका साथै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको हो।

गत हप्ता ट्राफिक रेड लाईट इलाकामा भएको विवादमा मुस्लिम समुदायका युवकले एक जना बौद्धमार्गी पुरुषमाथी कुटपिट गरेका थिए। उक्त घटनापछि सहरमा तनाब बढेको थियो।

श्रीलंकामा २०१२ देखिनै साम्प्रदायीक हिंसा बढिरहेको छ। कट्टरपन्थी बौद्ध संगठन बीबीएसले यो तनाब बढाइरहेको आरोप लगेको छ।

श्रीलंकाको कुल जनसंख्या दुई करोड दशलाखमा ७० प्रतिशत बौद्धमार्गी र ९ प्रतिशत मुसलमान रहेका छन्।

प्रकाशित: २२ फाल्गुन २०७४ १३:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App