८ वैशाख २०८१ शनिबार
कला

साहित्यकार इन्द्रबहादुर राईको निधन

काठमाडौं – नेपाली भाषाका प्रख्यात साहित्यकार इन्द्रबहादुर राईको ९० वर्षको उमेरमा निधन भएको छ।

राईको दार्जिलिङको लोचनगरस्थित निवासमा मंगलबार साँझ साढे ६ बजे निधन भएको दार्जिलिङका कवि मोहन ठकुरीले बताएका छन्। 

राई लामो समयदेखि विरामी थिए। 

भारतको दार्जीलिङमा जन्मेका राईले नेपाली भाषा तथा वाङ्मयमा लामो योगदान पु-याएका छन्। उनले ‘विपना कतिपय’ र ‘आज रमिता छ’ जस्ता शुरुवाती कृतिबाट नेपाली साहित्यमा नयाँ पाश्चात्य शैली र विचारधाराको प्रवेश गराएको बताइन्छ। उनको आयामेली आन्दोलन र लीलालेखनले पछिल्लो पुस्ताका लेखकलाई समेत प्रभावित गरेको छ।

साहित्यमा विभिन्न प्रयोग र साहित्यमाथिको सैद्धान्तिक चिन्तनका लागि उनी नेपालमा प्रसिद्ध छन्। नेपाली भाषालाई भारतको संविधानमा राष्ट्रभाषाका रुपमा पहिचान दिलाउने चार दशक लामो भाषिक आन्दोलनमा पनि राईको योगदान रहेको बताइन्छ।

प्रकाशित: २२ फाल्गुन २०७४ १५:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App