coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

वैशाखमा महिला कुस्ती

पोखरामा हुने महिला कुस्तीबारे जानकारी दिँदै आयोजक। तस्बिर : उमेश पुन/नागरिक

पोखरा – पोखरामा राष्ट्रियस्तरको महिला कुस्ती प्रतियोगिता आयोजना हुने भएको छ । आउँदो वैशाख तेस्रो साता हुन लागेको प्रतियोगिता नेपालको खेलकुद इतिहासमै पहिलो हुने आयोजकले बताएको छ।

नेपाल कुस्ती संघले पहिलो पटक पोखरामा राष्ट्रिय कुस्ती प्रतियोगिता गर्न थालेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो । प्रतियोगिताको तयारी तीव्र पारिएको संघले जनाएको छ । कुस्ती खेलको विकास र विस्तार तथा सम्भावित खेलाडी पहिचान गर्नका लागि प्रतियोगिता आयोजना गरिएको आयोजकले बताएको छ।

प्रतियोगिता वैशाख २१ र २२ गते पोखरा रंगशालामा हुने संघका अध्यक्ष नारायण राणाले जानकारी दिए । उनका अनुसार विभिन्न ८ वटा तौलसमूहमा प्रतिस्पर्धा गराइनेछ । ५३, ५५, ५८, ६०, ६३, ६५, ६९ र ७५ किलो तौलसमूहका महिला खेलाडीबीच प्रतिस्पर्धा गराइने पत्रकार सम्मेलनमा जानकारी गराइयो।

आउँदो वैशाख तेस्रो साता हुन लागेको प्रतियोगिता नेपालको खेलकुद इतिहासमै पहिलो  हुने आयोजकले बताएको छ।

प्रतियोगितामा विभागीय र विभिन्न २० जिल्लाका ७० जना खेलाडीले सहभागिता जनाउने संघका अध्यक्ष राणाले बताए । ३० प्रशिक्षक र १५ जना निर्णायकको समेत उपस्थिति रहने उनले बताए । ‘नयाँ खेलाडी उत्पादन गर्न पनि प्रतियोगिता आयोजना गरेका हौं । प्रतियोगिता नहुँदा खेलप्रति आकर्षण नै थिएन,’ उनले भने, ‘कम्तीमा यसले खेलमा नयाँ खेलाडीको आकर्षण बढाउनेछ।’

उनका अनुसार खेलाडीहरू ८ स्वर्ण, ८ रजत र १६ कांस्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपालकै खेलकुद इतिहासमा यो पहिलो प्रतियोगिता हुने समेत संघले जनाएको छ । कुस्ती २०३८ सालमा आयोजित पहिलो राष्ट्रिय खेलकुदमा समावेश गरिएको थियो । दक्षिण एसियामा सन् १९८४ र ओलम्पिकमा भने १९६४ देखि नै समावेश गरिँदै आएको उनले बताए।

२०४४ सालमा स्थापित संघले महिला कुस्ती गर्न पाउनु गर्विलो भए पनि चुनौती रहेको स्पष्ट पारेको छ । नेपाली संस्कृतिमा एमेच्योर कुस्ती खेल सञ्चालन आफैंमा चुनौतीपूर्ण रहेको संघको ठम्याइ छ । प्रतियोगिताले नेपाली खेलकुद क्षेत्रमा नयाँ आयाम हुने विश्वाससमेत व्यक्त गरिएको राणाले बताए । उनले आगामी दक्षिण एसियाली खेलकुदमा महिला कुस्तीबाट पदक आशा गर्न सकिने पनि बताए ।

प्रकाशित: २३ फाल्गुन २०७४ ०४:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App