४ वैशाख २०८१ मंगलबार
प्रवास

नेवानिले सुरु गर्‍यो दुवइको सिधा उडान, ४० केजी लगेज निःशुल्क (भिडियो सहित)

तस्विरः नारायण भुर्तेल

युएई - राष्ट्रिय ध्वजाबाहक  नेपाल वायु सेवा निगम (नेवानि)को जहाज चार वर्षपछि फेरि दुबइ अन्तरार्ष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। नेवानिको जहाज काठमाडौं–दुबई–काठमाडौं रुटमा सिधा उडान गर्दै बिहीबार बिहान १:३० बजे दुबई आइपुगेको हो।

एयरबस ए ३२० जहाजबाट निगमले दुवई—काठमाडौं रुटमा सिधा उडान थालेको हो। दुबई–काठमाडौं रुटमा पहिलो यात्रा गर्नेहरुलाई खादा लगाएर मायाको चिनो प्रदान गरिएको छ। दुबईबाट काठमाडौंका लागि ४:१० मा उडान गर्नुअघि यात्रुहरुलाई सम्मान सहित मायाको चिनो प्रदान गरिएको थियो।

अगस्ट महिनाको लागि युएई–काठमाडौं एकतर्फी भाडादर १२ हजार ९४३ रुपैयाँ (४४४ युएइ दिराम) र दुईतर्फी भाडादर २९ हजार १२१ रुपैयाँ (९९९ युएइ दिराम) तोकिएको छ। यो भाडादार दुबइ रुटमा उडान गर्ने बजेट एयरलाइन्सहरुको भन्दा सस्तो हो।

विगतमा केही अप्ठ्याराहरुका कारण निगमले दुबइ रुटमा सेवा पुर्‍याउन नसकेको अपरेसन विभाग निर्देशक क्याप्टेन सुवाष रिजालले बताए। 'निमग अब फैलिँदै गएको छ। हामी युएइ सहित धेरै देशहरुमा पुग्दैछौं। युएइ आएर नेपालीको सेवा गर्न पाउनु हाम्रा लागि गर्वको विषय हो।'

निगमले इकोनोमी क्लासको टिकेटमा ४० केजी लगेज निःशुल्क दिने जनाएको छ। 'युएइ रुटबाट काठमाडौं जाने यात्रुहरुका लागि इकोनोमी क्लासमा ४० केजी र बिजनेस क्लासमा ४५ केजी लगेज निःशुल्क दिने व्यवस्था गरेका छौं', निगमका कन्ट्री म्यानेजेर रमेश पौडेलले भने, 'हाम्रा प्रत्येक उडान समयमै हुनेछन्। निगमको जहाज ढिलो उड्छ भन्ने पुरानो मान्यता तोड्न हामी सधैँ तल्लिन छौं।'

पौडेलकाअनुसार अगस्ट महिनाको लागि युएई–काठमाडौं एकतर्फी भाडादर १२ हजार ९४३ रुपैयाँ (४४४ युएइ दिराम) र दुईतर्फी भाडादर २९ हजार १२१ रुपैयाँ (९९९ युएइ दिराम) तोकिएको छ। यो भाडादार दुबइ रुटमा उडान गर्ने बजेट एयरलाइन्सहरुको भन्दा सस्तो हो।

वैदेशिक रोजगारीका लागि लाखौं नेपाली युएइमा रहे पनि उनीहरुले विदेशी जहाजमा यात्रा गर्दै आएको सन्दर्भमा राष्ट्रिय ध्वजाबाहकले आफ्नो सेवा पुनः सञ्चालनमा ल्याएको हो। निगमको भाडा दर र निःशुल्क लगेज योजना जोड्दा यो रुटमा उडान भर्ने विदेशी बजेट एयरलाइन्सहरुभन्दा सस्तो पर्नेछ।

नेवानिले पहिलो चरणमा काठमाडौं-दुबइ रुटमा हप्तामा तीन उडान गर्नेछ। आइतबार, मंगलबार र बिहीबार राति नेपाली समयअनुसार ११:३० मा उडान भर्नेछ। युएइबाट सोमबार, बुधबार र शुक्रबार बिहान समयअनुसार बिहान १:३० मा अवतरण गर्नेछ। दुबइबाट भने काठमाडौंका लागि युएइको समयअनुसार ४:१० मा उडान हुनेछ।

निगमले आफ्नो सेवा व्यवस्थित र चुस्त राख्न युएईका लागि जनरल सेल्स एजेन्ट (जेएसए) नियुक्त गरेको छ। निगमको युएइ जेएसए अजमान नेशनल ट्राभल एजेन्सी (एन्टा) लाई दिइएको छ। निगमले उडान भर्न सुरु गरेसँगै नेपाली यात्रुको पहिलो रोजाइ नेवानि बनेको एन्टाका जनरल म्यानेजेर कुमार जगदशीले नागरिकन्युजलाई बताए। उनका अनुसार नेपालीहरुले निगमको टिकटका लागि अग्रिम बुकिङ गरिरहेका छन्।

नमस्तेले बेच्यो धेरै टिकट

दुबईबाट काठमाडौं जाने नेवानिको पहिलो उडानमा सबै भन्दा धेरै टिकट नमस्ते ट्राभल एण्ड टुरिज्मले बेचेको छ। सो ट्राभलबाट ४४ जना नेपालीहरुले टिकट गरिएका थिए। दुबई -  काठमाडौं सिधा उडान भए पछि खुसी ब्यक्त गर्दै नियमित उडान गराउन प्रवासमा रहेका नेपालीहरुले पनि साथ दिनपर्ने नमस्ते ट्राभल एण्ड टुरिजमका संचालक एकेन्द्र थापाले बताए।

भिडियो

प्रकाशित: ३ भाद्र २०७३ ०६:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App