coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

महिला दिवसको र्‍यालीमा जे देखियो (फोटो फिचर)

काठमाडौँ – आज(विहीबार) एक सय आठौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस नेपालभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । महिला दिवसको अवसरमा काठमाडौँमा पदयात्रा गरिएको छ। 

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय, रक्षा नेपाल लगायतका संघसंस्थाद्वारा आयोजित भृकुटीमण्डपबाट शुरु भएको पदयात्रा भद्रकाली मन्दिर, शहीद ढोका, नयाँ बाटो हुँदै रत्नपार्कस्थित शान्तिवाटिका पुगेर कोणसभामा परिणत भएको हो । र्‍यालीमा सहभागीले ‘महिला हिंसा अन्त्य गरौँ’, ‘मानव बेचबिखनरहित समाज निर्माण गरौँ’ र ‘घर शान्ति नै विश्व शान्तिको आधार’ लेखिएका प्लेकार्ड बोकेका थिए। 

महिला दिवस सर्वप्रथम १९०९ फेब्रुअरी २८ मा मनाइएको थियो। सन् १९१० मा महिलालाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ यसलाई अन्तर्राष्ट्रिय दर्जा प्रदान गरिएको थियो।

तस्बिर सबै दिपेन्द्र रोक्का

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App