coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

विश्वकप क्रिकेट छनोट : नेपालको लज्जास्पद ब्याटिङ

काठमाडौं – जिम्बाव्बेमा जारी आइसिसी विश्वकप छनोट क्रिकेटको दोस्रो खेलमा स्कटल्यान्डसँग भिडिरहेको नेपालले अत्यन्तै खराब ब्याटिङ गरिरहेको छ। नेपालले १४ रन जोडदा ४ विकेट गुमाइसकेको छ।

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका दिपेन्द्रसिंह ऐरी १ र चौथौं नम्बरमा आएका सरद भेषावकर ० रनमा पेवेलियन फर्किएका छन्। यसअघि नेपालले २ जना ओपनरलाई सस्तैमा गुमाएको थियो ।

ओपनिङ ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल १ र अर्का ओपनिङ ब्याट्सम्यान दिलिप नाथ ब्याक्तिगत ४ रन जोडदै आउट भएका छन् । ताजा अवस्थामा नेपालले ६ ओभरमा ४ विकेट गुमाई २३ रन बनाएको छ। अहिले क्रिजमा कप्तान पारस खड्का र अारिफ शेख खेलिरहेका छन्। सुपरसिक्सको लक्ष्यका साथ आइसिसी विश्वकप छनोटमा होमिएको नेपाल स्कटल्यान्डको सामना गर्दा गर या मरको अवस्थामा हुनेछ ।

समूहको पहिलो खेलमा आयोजक जिम्बाब्वेलाई १ सय १६ रनको फराकिलो नतिजा सुम्पिएको नेपाललाई अघिल्लो चरण प्रवेश सम्भावना जीवित राख्न पनि क्विन्स स्पार्टस क्लबमा स्टकल्यान्डविरुद्धको खेल जित्नै पर्ने दबाब छ।

 

प्रकाशित: २४ फाल्गुन २०७४ ०८:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App