८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

अन्डरवर्ल्ड डन दाउदका सहयोगी दुबईबाट पक्राउ

मुम्बई – अन्डरवर्ल्ड डन दाउद इब्राहिमका सहयोगी फारुक टकलालाई दुबईबाट पक्राउ गरिएको छ। उनलाई विहीबार विहान एयर इण्डियाको विमानबाट मुम्बई ल्याएको छ। 

१९९३ को मुम्बई हमलाका आरोपी दाउदका सहयोगी टकलाविरुद्ध १९९५ मा इन्टरपोलमा रेड कर्नर नोटिस जारी गरिएको थियो। मुम्बई हमलापछि उनी फरार  थिए। 

फारूकलाई सीबीआईले आजै अदालतमा उपस्थित गराउने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

१९९३ मा मुम्बईमा १२ वटा बम विस्फोटमा २५७ जनाको मृत्यु भएको थियो भने ७०० भन्दा बढी घाइते भएका थिए। यो घटनामा फारुकसहित १२९ जनाविरुद्ध मुद्दा अघि बढाइएको थियो।

सन् २००७ मा टाडा अदालतले १०० जनालाई सजाय सुनाएको थियो। जसमा फारुक पनि छन्। यो घटनामा याकूब मेमनलाई २०१५ मा फासी दिइएको थियो। घटनाका मास्टरमाइण्ड दाउद इब्राहिम १९९५ देखि फरार छन्।

प्रकाशित: २४ फाल्गुन २०७४ ०९:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App