४ वैशाख २०८१ मंगलबार
खेल

पाँचथर गोल्डकप चैत २५ देखि हुने

पाँचथर गोल्डकप फुटवल प्रतियोगितको पत्रकार सम्मेलन। तस्बिर : नागरिक

पाँचथर – दोस्रो पाँचथर गोल्डकप फुटबल प्रतियोगिता चैत–२५ देखि हुने भएको छ। काठमाण्डौंका र मोफसलका गरी ९ टिम सहभागी हुने प्रतियोगिताको तयारी तिव्रताका साथ अघि बढाइएको आयोजकले जानकारी दिएको छ।

२०७५ बैशाख–२ गते फाईनल खेल हुने गरी प्रतियोगिताको तयारी भएको हो। बिहीबार सदरमुकाम फिदिममा पत्रकार सम्मेलन गर्दै आयोजक पाँचथर क्लबले यस्तो जानकारी गराएको हो। प्रतियोगिताका लागि खेलमैदान, खेलाडी व्यवस्थापन तथा आर्थिक व्यवस्थापनको काम तिव्रताका साथ अघि बढाईएको अध्यक्ष अनुराग केप्छाकी मगरले जानकारी दिए। एक महिना समय बाँकी रहँदा ५० प्रतिशत काम सकिएको उनले जानकारी दिए। दोश्रो पाँचथर गोल्डकपलाई वाई वाई चाउचाउले प्रायोजन गर्दै छ।

प्रतियोगितामा ९ टिम जाउलाखेल युथ क्लव काठमाडौं, विजयपुर युथ क्लव हेटौडा,  मिसन युनाइटेड ताप्लेजुङ, रेडहर्ष इलाम, सुनसरी–११, विर्ता युनाईटेड झापा, डीएफसी मोरङ र आयोजक पाँचथर क्लबको सहभागिता रहने  छ। विर्ता युनाईटेड साविक विजेता हो। दोस्रो संस्करणलाई भव्यताका साथ सफल बनाउनका लागि प्रयास भईरहेको केप्छाकीले जानकारी दिए। यहाँ सहभागी टिमले ए डिभिजनको अनुभव संगालेका खेलाडी मैदानमा उतार्ने बताईन्छ। आयोजगले भने जिल्लाकै खेलाडी सहभागि गराउने छ। खेलाडी छनौटको काम भईसकेकाले केही दिनपछि बन्द प्रशिक्षण हुने जानकारी दिइएको छ।

प्रतियोगिताको विजेता टिमले ३ लाख ५ हजार ५ सय ५५ रुपैयाँ नगद र ट्रफि पाउने छ। उपविजेताले १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र ट्रफिमा चित्त बुझाउन पर्ने छ। अघिल्लो सस्करणको तुलनामा प्रथम पुरकार एक लाख ५ हजार ५ सय ५५ बढाईएको छ भने द्धितिय पुरस्कार पनि ५० हजार ५ सय ५५ रुपैँया बढाईएको छ। यो जिल्लामा हालसम्मका फुटबल प्रतियोगिताको तुलनामा धेरै धन राशिको पुरस्कार हो।

प्रतियोगिता २७ लाख ६० हजार रुपैयाँको लागतमा सम्पन्न गर्ने अनुमान रहेको केप्छाकिले बताए। व्यवसायिक प्रायोजन, नगरपालिका, गाँउपालिकाको सहयोग तथा विदेशमा रहेका नेपालीहरुको संघ सस्थाको सहयोग र टिकेटबाट लागत जुटाउने बताईएको छ। दर्शकहरुका लागि बासँको अस्थायि प्याराफिट बनाईने जानकारी दिइएको छ।

 

प्रकाशित: २४ फाल्गुन २०७४ ११:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App