६ वैशाख २०८१ बिहीबार
फोटो फिचर

महिला हिंसा विरुद्ध पुरुषलाई प्याड र पदयात्रा (फोटो फिचर)

पदयात्रामा सहभागि पुरुषलाई प्याड वितरण गर्दै अभियानकर्ता ।

काठमाडौं– अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बिहीबार काठमाडौंमा पुरुष पदयात्रा गरिएको छ। माईतीघर मन्डलाबाट सुरु भएको पदयात्रा शहरका मुख्य भागको परिक्रमा गर्दै रत्नपार्क पुगेको थियो । यो पदयात्रामा सहभागी पुरुषहरुलाई महिनावारी हुँदा महिलाले लगाउने स्यानिटरी प्याड वितरण गरिएको थियो । 

महिला अधिकारको सवालमा पुरुषको भुमिकालाई अझै जोड दिन सहभागी सवै पुरुषलाई प्याड वितरण गरिएको अभियानकर्ताले बताएका छन् । महिनावारीलाई नितान्त व्यक्तिगत र गोप्य बिषय बनाएको अवस्थामा यसको स्वच्छता प्रभावकारी नभएको र यसलाई लाजको विषय बनाइएकाले यस्तो प्रबृत्ति तोड्न प्याड वितरण गरिएको उनीहरुको भनाई छ । 

नेपाल वातावरण पत्रकार समूह (नेफेज), फ्रिडम फोरम नेपाल र नेदरल्याण्डको फ्रि प्रेस अनलिमिटेडले संयुक्त रुपमा गरेको पुरुष पदयात्राको शुभारम्भ संयुक्त राष्ट्रसंघका महासचिवको महिला हिंसा बिरुद्ध पुरुष सञ्जालका सदस्य तथा पुर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले गरेका थिए। महिला अधिकार राष्ट्रिय सवाल भएपनि महिलाले मात्र आवाज उठाउनुपर्ने प्रचलनको अन्त्य गर्दै गैरसरकारी संस्थाले सन् २०१४ देखि पुरुष पदयात्रा गर्दै आएका छन् । सबै तस्बिर: दिपेन्द्र रोक्का 

 

पदयात्रामा सहभागि पुरुषलाई प्याड वितरण गर्दै अभियानकर्ता ।
पदयात्रामा सहभागि पुरुषलाई प्याड वितरण गर्दै अभियानकर्ता ।
पदयात्रामा सहभागि पुरुषलाई प्याड वितरण गर्दै अभियानकर्ता ।
पदयात्रामा सहभागि पुरुषलाई प्याड वितरण गर्दै अभियानकर्ता ।
पदयात्रामा सहभागि पुरुषलाई प्याड वितरण गर्दै अभियानकर्ता ।
पदयात्रामा सहभागि पुरुषलाई प्याड वितरण गर्दै अभियानकर्ता ।
पदयात्रामा सहभागि पुरुषलाई प्याड वितरण गर्दै अभियानकर्ता ।
पदयात्रामा सहभागि पुरुषलाई प्याड वितरण गर्दै अभियानकर्ता ।
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App