८ वैशाख २०८१ शनिबार
राजनीति

रेशम चौधरीलाई सपथ गराउन माग

काठमाडौं – संयुक्त थारु राष्ट्रिय मोर्चाले टीकापुर घटनाका मुख्य योजनाकार भनिएका रेशमलाल चौधरीलाई सांसद पदको शपथ ग्रहणको वातावरण बनाउन सरकारसँग माग गरेको छ।

मोर्चाले बिहीबार मधेश मिडिया हाउसमा पत्रकार सम्मेलन गर्दै टीकापुर घटनाका आरोपित जेलबन्दीहरु चार दिनदेखि आमरण अनसनमा बस्दै आएकोमा उनीहरुको माग उपर समर्थन जनाउँदै सरकारले वार्तामार्फत यथाशीघ्र समाधान खोज्न पनि आग्रह गरेको छ।

मोर्चाका संयोजक श्रवण थारुले कैलाली क्षेत्र नं. १ बाट निर्वाचित सांसद चौधरीको माग बमोजिम उनलाई सांसद पदको शपथ ग्रहण गराउन नेपाल सरकारले पहल गर्नुपर्नेमा जोड दिए।

उनले कैलाली क्षेत्र नं. १ का जनताको मतको कदर हुनुपर्नेमा जोड दिदैं माग सम्बोधन नभए संघर्षका कार्यक्रम गर्ने चेतावनी पनि दिए।

मोर्चाले दबाब स्वरुप चैत २७ गते प्रधानमन्त्रीलाई स्मरण पत्र बुझाउने, चैत १ गते कैलालीमा थरुहट आन्दोलनको निर्मम समीक्षा गर्ने, चैत २१ गतेसम्म इलाका स्तरीय प्रशिक्षण चलाउने र चैत २६ गते राष्ट्रिय सम्मेलन र दोस्रो चरणको कार्यक्रम घोषणा गर्ने जनाएको छ।

प्रकाशित: २४ फाल्गुन २०७४ ११:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App