८ वैशाख २०८१ शनिबार
समाज

श्रमिक महिलामाथि अहिले पनि विभेद छः रेणु राजभण्डारी

काठमाडौं – महिला अधिकारकर्मी डा. रेणु राजभण्डारीले महिलाहरुलाई संवैधानिकरुपमा धेरै अधिकारहरु प्राप्त भए पनि अझै विभेदहरु रहेको बताएकी छन् । उनले खासगरी श्रमिक महिलाहरुमाथि विभेद रहेको बताईन् ।

होटेल रेष्टुरेन्ट, दोहोरी साँझलगायतमा काम गर्ने महिलाहरुलाई पुरुष कामदारलाई जति तलब नदिइने गरेको उनले आरोप लगाईन् ।

नेपालमा निर्माण क्षेत्रमा काम गर्दै आएका महिलाहरुलाई पनि पुरुषको दाँजोमा कम पारिश्रमिक दिने गरिएको, कामको बाँडफाँट पनि न्यायोचित नहुने गरेको उनको भनाई छ ।

संयुक्त राष्ट्र संघको दासत्वविरुद्धको स्वयंसेवकीय कोषको अध्यक्षसमेत रहेकी भण्डारीले विश्वमानै महिलाहरुलाई दासका रुपमा प्रयोग गरिरहेको र यो सदियौंदेखि रहेको प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको उल्लेख गरिन् ।

नेपालमा पनि कतिपय क्षेत्रमा महिलामाथि दासत्वको संस्कार अझै रहेको उनले बताईन् ।नेपालमा बहुदलीय व्यवस्था आएपछि महिलाहरुलाई आफ्ना आवाज बुलन्द गर्न भने सजिलो हुँदै गएको र नयाँ संविधान बनेपछि महिलाका अधिकारहरु सुरक्षित हुने दिशामा रहेको उनको भनाई छ । 

रेडियो नागरिकले राजभण्डारीसँग गरेको कुराकानी तलको लिंकमा सुन्न सकिनेछ । 

प्रकाशित: २४ फाल्गुन २०७४ ११:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App