८ वैशाख २०८१ शनिबार
कला

हरिद्वारमा गरियो श्रीदेवीको अस्तु विसर्जन

मुम्बई – दुबईमा निधन भएकी अभिनेत्री श्रीदेवी कपुरको अस्तु हरिद्वारमा विसर्जन गरिएको छ। बिहीबार श्रीदेवीका श्रीमान बोनी कपुर, देवर अनिल कपुर तथा कपुर परिवारका आफन्त अमर सिंह र मनीष मल्होत्राले हरिद्वार पुगेर अस्तु विसर्जन गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ।

हरिद्वारको भिआइपी घाटमा श्रीदेवीको अस्तु विर्सजन गर्नुका साथै किरियाकर्म पनि गरिएको छ। किरियाका दौरान सुरक्षा व्यवस्था कडा पारिएको थियो। 

कपुर परिवारले आफ्ना कुलगुरु स्वमी अवधेशानन्दका साथ पूजाआजा गरेका छन्। उनीहरु देहरादूनस्थित जोली ग्रान्ट विमानस्थलमा अवतरण गर्दै त्यहाँबाट सडक मार्ग हुँदै हरिद्वार पुगेका थिए। 

उनका पुरोहिततले कपुर परिवारको हरिद्वारसँग गहिरो सम्वन्ध रहेको बताएका छन्। कपुर परिवारका अरु सदस्यको अस्तु पनि यही विसर्जन गरिएको उनको भनाई छ।

श्रीदेवीको ५४ बर्षको उमेरमा २४ फेब्रअरीमा दुबईको एक होटेलमा निधन भएको थियो। दुबईमा आफन्तको विहेमा पुगेका बेला वाथ टब अर्थात पानीमा डुबेर निधन भएको हो। 

यसअघि श्रीदेवीको अस्तु रामेश्वरमा विसर्जन गरिएको थियो। 

प्रकाशित: २४ फाल्गुन २०७४ १३:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App