coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

साझाले ल्यायो सेमी लो फ्लोर बस

काठमाडौं – साझा यातायातले अशोक लेलैंण्डको सेमी लो फ्लोर बस सञ्चालनमा ल्याएको छ। आरामदायी र स्तरीय सेवा प्रदान गर्ने उद्देश्यका साथ उक्त बस सञ्चालनमा ल्याएको साझाले जनाएको छ। 

बुधबार एक कार्यक्रमकाबीच काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्र प्रसाद ढकाल, राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडाल, साझा यातायातका अध्यक्ष कनकमणी दिक्षितले संयुक्त रुपमा सेवाको सुभारम्भ गरे।

समारोहमा बोल्दै अध्यक्ष दिक्षितले अशोक लेलैण्डका जन बस विश्वकै पहिलो सिंगल स्टेप, फ्रन्ट इन्जिन फुल्ली फल्याट फ्लोर बस रहेको बताएका छन्। यस्तै समूहका उपाध्यक्ष ढकालले साझा यातायातसँगको सहकार्यमा अशोक लेलैण्डका बस सप्लाई गर्न पाउँदा गौरव महसुस भएको बताए। 

उनले अशोक लेलैण्डले इलेक्ट्रिक बस समेत निर्माण गरिसकेको हुँदा नेपालजस्तो विद्यतीय सम्भावना बोकेको देशमा इलेक्ट्रिक बस सञ्चालन गर्ने प्रक्रिया सुरु गरेमा आफुहरु त्यसमा सहकार्य गर्न तयार रहेको बताएका छन्।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App