काठमाडौं – केही दिनदेखि अस्वस्थ भएका राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार हुँदै गएको छ।
छातीमा सामान्य समस्या देखिएपछि केही दिनअघि ललितपुरको भैंँसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका ९९ वर्षीय राष्ट्रकविलाई तीन दिनपछि काठमाडौँ लैनचौरस्थित घरमा ल्याइएको छ। अहिले उनी घरमै आराम गरिरहेको र स्वास्थ्यमा सुधार हुँदै गएको उनकी नातिनी महिमाले जानकारी दिइन। रासस
प्रकाशित: २४ फाल्गुन २०७४ १५:२१ बिहीबार