७ वैशाख २०८१ शुक्रबार
खेल

पुलिसलाई हराउँदै आर्मी झापा गोल्डकपको सेमीफाइनलमा

फाइल तस्बिर

झापा – जिल्लामा जारी तेस्रो रमपम झापा गोल्डकपअन्तर्गत विहीबार सम्पन्न खेलमा गत वर्षको उपाधि विजेता विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी बन्दै सेमीफाइनलमा प्रवेश गरेको छ। 

विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० को गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी सेमिफाइनलमा प्रवेश गरेको हो। विहीबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा आर्मीका जर्ज प्रिन्स कार्कीले ४२ औंँ मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो। 

खेलको दोस्रो हाफमा पुलिसले आर्मीलाई दवावमा राखे पनि गोल गर्न नसक्दा आर्मीले अघिल्लो चरणको यात्रा तय गरेको हो। प्रतियोगिताको ‘म्यान अफ दि म्याच’ गोलकर्ता कार्की नै घोषित भए। उनले रु २५ हजार पुरस्कार प्राप्त गरेका छन्। प्रतियोगितामा शुक्रबारदेखि सेमीफाइनलका खेल हुँदैछन्। पहिलो सेमीफाइनल खेल आयोजक झापा ११ र रुस्लान थ्री स्टार क्लबबीच हुने आयोजकले जनाएको छ। 

प्रकाशित: २४ फाल्गुन २०७४ १५:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App