coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

तीन लाखले दिए दोस्रो किस्ताको निवेदन

काठमाडौं– निजी घरर निर्माण सुरु गरी दोस्रो किस्ताका लागि निवेदन दिने भूकम्पपीडित लाभग्राहीको संख्या तीन लाख नाघेको छ।

बिहीबार अपराह्नसम्मको तथ्यांकअनुसार तीन लाख एक हजार ८४ पीडितले दोस्रो किस्ताका लागि निवेदन दिएका छन् । पहिलो किस्ता लिएका लाभग्राहीले मापदण्डअनुसार जग तहसम्म निर्माण कार्य गरी दोस्रो किस्ताका लागि निवदेन दिन सक्छन् । लाभग्राहीले निवेदन दिएपश्चात प्राविधिकले जाँच गरी दोस्रो किस्ताका लागि सिफारिस गर्ने व्यवस्था छ।

दोस्रो किस्ताका लागि निवेदन दिएकामध्ये दुई लाख ८८ हजार २३ जना लाभग्राही दोस्रो किस्ताका लागि प्रमाणीकरण भइसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ । बाँकी १३ हजार ६१ लाभग्राहीको पनि छिट्टै प्रमाणीकरण हुने प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताए।

‘दोस्रो किस्ता लिने समयसीमा तोकिएका कारण, घर निर्माण गर्ने मौसम तथा सबै स्थानीय तह मातहत रहनेगरी प्राविधिक खटाइएका कारण निजी घर पुनर्निर्माण उत्साहजनक देखिएको हो,’ उनले भने । प्राधिकरणको सूचना प्रणालीमा दर्ता भएको तथ्यांकअनुसार सबैभन्दा धेरै सिन्धुपाल्चोकका ५१ हजार ६६ लाभग्राहीले दोस्रो किस्ताका लागि निवेदन दिएका छन्।

भूकम्प अति प्रभावितका साथै कम प्रभावित जिल्लामा पनि दोस्रो किस्ताका लागि निवेदन दिने लाभग्राहीको संख्या वृद्धि भइरहेको प्राधिकरणले जनाएको छ । कम प्रभावित जिल्लामध्ये लमजुङका ६ सय ५२, चितवनका पाँच सय दुई र नवलपरासीका २९ लाभग्राहीले दोस्रो किस्ताका लागि निवदेन दिएका छन्।  

खानेपानी तथा सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका अनुसार बिहीबारसम्म एक लाख एक हजार ६ सय ९४ घरको पुनर्निर्माण सम्पन्न भएको छ । तीन लाख ३८ हजार २९ घर पुनर्निर्माण भइरहेको एकाइले जनाएको छ।
 

प्रकाशित: २५ फाल्गुन २०७४ ०२:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App