८ वैशाख २०८१ शनिबार
खेल

झापा गोल्डकप : आयोजक झापा ११ र थ्री स्टार भिड्दै

बिर्तामोड – झापाको बिर्तामोडमा जारी मोफसलकै सर्वाधिक पुरस्कार राशिको तेस्रो झापा गोल्डकपमा शुक्रबार (आज) पहिलो सेमिफाइनल खेलमा आयोजक झापा ११ र रूस्लान थ्री स्टार क्लब भिड्नेबीच प्रतिस्पर्धा हुँदैछ। खेल डोमालाल राजबंशी रंगशालामा दिउँसो ३ः०० बजे पछि सुरू हुनेछ।

प्रि क्वाटरफाइनलमा सुदूरपश्चिम ११ लाई ५–० र क्वाटरफाइनलमा सिक्किम युनाइटेडलाई २–१ ले पराजित गर्दै आयोजक झापा ११ सेमिफाइनलमा प्रवेश गरेको हो भने वाइ पाएर सिधै क्वाटरफाइनलमा प्रवेश गरेको थ्री स्टारले सशस्त्र प्रहरी बलको एपिएफलाई १–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो।

आजको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ।

यसअघि बिहीबार भएको खेलमा नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै त्रिभुवन आर्मी सेमिफाइनलमा प्रवेश गरेको छ।
फागुन २८ गते सम्म चल्ने प्रतियोगिताको विजेताले १२ लाख ५१ हजार तथा उप विजेताले ६ लाख प्राप्त गर्नेछ। त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचले २५ हजार रूपैयाँ पाउने आयोजकले जानकारी दिएको छ। त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ थान मोटरसाइकल प्राप्त गर्नेछन्।

 

प्रकाशित: २५ फाल्गुन २०७४ ०४:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App