८ वैशाख २०८१ शनिबार
खेल

युरोपा लिग : आर्सनल र एथ्लेटिको मड्रिड बिजयी

एसी मिलान – इङलिस क्लब आर्सनलले युरोपा लिग फुटबलमा ईटालीयन क्लब एसी मिलानलाई २–० ले पराजित गरेको छ।

प्रतियोगिताअन्र्तगत बिहीबार राति एसी मिलानको घरेलु मैदानमा सम्पन्न प्रि–क्वाटरफाईनलको पहिलो लेगमा आर्सनललाई बिजयी गराउन खेलको १५ औं मिनेटमा हेनरिक मखिटार्यनले र पहिलो हाफको इन्जुरी समयमा आरोन राम्सेले गोल गरेका हुन्।

पहिलो लेगमा २–० ले बिजयी भएको आर्सनको क्वाटरफाईनल पुग्ने सम्भावना बलियो बनेको छ।  केहीसमय अगाडि म्यानचेष्टर युनाइटेडबाट आर्सनल गएका मखिटार्यनले आर्सनलबाट पहिलो गोल गोल गरेका हुन्।

अर्को खेलमा स्पेनको एथ्लेटिको मड्रिडले रुसको लोकोमोटिभ मस्कोलाइ ३–० ले हराएको छ। प्रि–क्वाटरफाईनलको पहिलो लेगमा एथ्लेटिको मड्रिडलाई बिजयी गराउन २२ औं मिनेटमा सिउल, ४७ औं मिनेटमा डिएगो कोस्टा र ९० औं मिनेटमा कोकेले गोल गरेका थिए।

यो जितसँगै एथ्लेटिकोको क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो भएको छ। दोस्रो लेग एथ्लेटिकोले घरेलु मैदानमा हुनेछ।

त्यस्तै रातिनै सम्पन्न अन्य खेलमा फ्रान्सको लियोनले रुसको सिएसकेए मस्कोलाई १–०, फ्रान्सको मार्सेलीले स्पेनको एथ्लेटिक बिल्बाओलाई ३–१, अष्ट्रियाको आरबी साल्जबर्गले जर्मनीको बोरुसिया डर्टमण्डलाई २–१ ले पराजित गर्दा ईटालीको लाजियो र युक्रेनको डाईनामो किभले भने २–२ गोलको बराबरी खेल्दै अंक बाडेका छन्।

प्रकाशित: २५ फाल्गुन २०७४ ०५:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App