coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

पुनर्निर्माणका लागि महायज्ञ

काष्ठमण्डप– काठमाडौं उत्तरपूर्वी भेगमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर पुनर्निर्माण गर्न महायज्ञ थालिएको छ ।जीर्ण अवस्थामा रहेको मन्दिरको छानो फेर्न सहयोग जुटाउनका लागि श्रीमद्भागवत् महायज्ञ थालिएको हो । बुधबारबाट सुरु महायज्ञ चैत ३ गतेसम्म चल्ने।

प्रामाणिक अभिलेख नपाइए पनि राजा मानदेवको शासनकालमा निर्माण भएको विश्वास गरिने गोकर्णेश्वर मन्दिरमा हाल झिँगटीको छाना छ । सात हजार चार सय वर्ग फिटको छानो वर्षौंदेखि मर्मत नहुँदा वर्षामा पानी चुहिने समस्या भएको मन्दिरका पुजारी जगदीश भट्टले जानकारी दिए।

मन्दिरको छानो फेर्न १५ करोड ७१ लाख रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ । महायज्ञबाट १० करोड सहयोग जुटाउने लक्ष्य राखिएको महायज्ञ मूल आयोजक समिति अध्यक्ष कमलबहादुर विष्टले जानकारी दिए । बाँकी बजेट भने नगरपालिका लगायत विभिन्न निकाय र पुरातत्व विभागले उपलब्ध गराउने प्रतिबद्धता गरेका छन्।

गोकर्णेश्वर नगरपालिका र स्थानीयवासीको सहभागितामा महायज्ञ आयोजक समिति गठन गरिएको हो । महायज्ञमा नगरपालिकाका सबै वडाका वडाध्यक्षलाई समितिको उपाध्यक्ष राखेर सक्रिय बनाइएको छ।

 

प्रकाशित: २५ फाल्गुन २०७४ ०५:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App