८ वैशाख २०८१ शनिबार
अन्य

परम्पराबाट प्रेरित

हिमच्छादित पर्वत शृंखलाको पृष्ठभूमिमा आकाशतर्फ गर्वसाथ उभिएका तिखा छानायुक्त स्तुप र मन्दिर नेपाललाई चिनाउने दृश्यात्मक पहिचान हुन् । हाम्रा समृद्ध परम्परा र संस्कृतिले हामीलाई अलग्गै पहिचान दिलाएको छ । यिनले हाम्रो वैभव मात्र प्रदर्शन गरेका छैनन्, विगतको सिर्जनशीलता र महानता पनि व्यक्त गरिरहेका छन्, जसले कैयौँ भूकम्प सहेका छन्, कैयौँ घामपानी खपेका छन् । र, वर्तमानलाई ती महानताले डोर्याउनु पर्छ । वर्तमानले ती निर्माण सिर्जनाशीलतालाई पछ्याउनुपर्छ।

हाम्रा घर तथा मन्दिरमा कुँदिएका आँखि झ्याल हुन् या मन्दिरका भगवान तथा भगवतीका मूर्तिमा कुँदिएको मिहिन कला, त्यहाँ केस्राकेस्रामा कला निखारिएर अभिव्यक्त भएको छ । मूर्तिहरूमा कुँदिएका मिहिन कला मात्र होइन, मन्दिरका बहुतल्ले छाना र त्यहाँ खोपिएका मूर्तिमा अभिव्यक्त कलाकारिताले बेग्लै सौन्दर्यशास्त्र बयान गरिरहेको छ । र, यही कुरा नेपाली शैलीको स्थापत्य हो, आर्किटेक्ट हो । यसैले हामीलाई अन्य मुलुकका स्थापत्य (वास्तुकला) र सिर्जनशीलतामा भिन्न देखाउने गरेको छ । काष्ठकलाका मिहिन सजावटले वैभव मात्र प्रकट गरिरहेका हुँदैनन्, तिनले ती संरचनाको चरित्र पनि बोलिरहेका हुन्छन् र तिनले त्यस बेलाको वृहद् कल्पनाशीलताको परिचय दिन्छन् । तापनि यस्ता स्थापत्यका शैली र शिल्प भित्रका विज्ञान हामीमध्ये कमैलाई मात्र थाहा छ । यस्ता वास्तुकला (आर्किटेक्टचर)ले नेपालको सिर्जनशीलता, सहजज्ञान र स्तरीयता कति स्वाभाविक र निश्रित भएर आएका छन् भनी देखाउँछ ।

हाम्रा संरचनागत तत्वहरुका कार्यात्मक पक्षहरु

वैज्ञानिक तथा सहजज्ञानसम्बन्धी तरिका

लचकताबाट प्रेरित

भूकम्पबाट जोगिएका केही सम्पदा

एक प्रेरित दृष्टिकोण हेर्न स्लाइड

गुणस्तरको सनक

नेपालको वर्तमान आवश्यकता र परिवर्तित चाहना

उत्पादन समयक्रम

प्रकाशित: २५ फाल्गुन २०७४ ०६:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App