coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

कर्मचारीबीच विभेद हुँदैन : मुख्यमन्त्री पौडेल

मकवानपुर – प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले संघीयताको मुल आधार कर्मचारी रहेकाले संघीयता टिकाउन र सफल बनाउन कर्मचारीको महत्वपूर्ण भुमिका हुने बताएका छन्। स्थानीय तहका कर्मचारी र निजामती कर्मचारीबिच भेदभाव नगरिने बताउँदै उनले त्यसका लागि प्रदेश सरकारले पहल गर्ने बताए।

स्थानीय तह कर्मचारी मिलन केन्द्र नेपालको शुक्रबार हेटौंडामा भएको राष्ट्रिय भेलाको उद्घाटन पछि मुख्यमन्त्री पौडेलले जनप्रतिनिधि नभएको अवस्थामा पनि स्थानीय तहका कर्मचारीले उत्कृष्ट काम गरेको भन्दै प्रशंसा गरे।

देशमा विकास र समृद्धिको युग शुरु भएको भन्दै मुख्यमन्त्री पौडेलले भने, ‘देशमा समृद्धी कर्मचारीको साथ विना सम्भव छैन।’ कर्मचारीले सहयोग र लगनशिलताले नै नेपाललाई समृद्ध नेपाल निर्माण गर्न सकिने बताउँदै उनले दृढतापूर्वक देश विकासमा सहयोग गर्न आग्रह पनि गरे।

स्थानीय तह कर्मचारी मिलन केन्द्र नेपालका केन्द्रीय अध्यक्ष विक्रम महर्जनले आफुहरुले महत्वपूर्ण योगदान पु¥याई रहेपनि राज्यले स्थानीय तहका कर्मचारीलाई उपेक्षा गरेको आरोप लगाए। निजामती र स्थानीय तहका कर्मचारीलाई राज्यले विभेदकारी नीति अवलम्वन गरेको भन्दै उनले सबैलाई समान ब्यवहार गर्ने कानुन निर्माणको लागि आग्रह गरे। कार्यक्रममा राष्ट्रिय सभा सदस्य रामचन्द्र राई, प्रदेशसभा सभाषद प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष रघुनाथ खुलाल लगायतले स्थानीय तहका कर्मचारीको योगदानको चर्चा गर्दै परिवर्तित अवस्थामा कर्मचारीहरुले पनि थप योगदान गर्नुपर्नेमा जोड दिएका थिए।

भेलामा स्थानीय तह कर्मचारीबाट मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष निर्वाचित भएका तत्कालिन भार्ता गाविसका सचिव टंक मोक्तानलाई सम्मान गरिएको थियो। देशभर करिब १८ हजार स्थानीय तह कर्मचारी रहेको बताउँदै भेलामा नेपालका ७५ जिल्लाका २ सय ५२ जना प्रतिनिधीको सहभागि भएको स्थानीय तह कर्मचारी मिलन केन्द्रका अध्यक्ष शिवप्रसाद दाहालले बताए।

स्थानीय तह कर्मचारीको नेतृत्व चयन

स्थानीय तह कर्मचारी मिलन केन्द्र नेपालको प्रथम भेलाले बिक्रम महर्जनको अध्यक्षतामा ५३ सदस्यीय कार्यसमिति चयन गरेको छ। समितिको बरिष्ठ उपाध्यक्षमा अंकलाल भट्ट, महासचिवमा परशुराम घिमिरे, कोषाध्यक्षमा चन्द्रलाल लामा, सचिवमा नारायण क्षेत्री लगाएत रहेका छन्। भेलाले प्रदेश संयोजक रहने गरि उपाध्यक्षहरु समेत चयन गरेको छ। जसअनुसार प्रदेश नम्बर १ मा पशुपतीलाल दास, प्रदेश नम्बर २ मा मनोजकुमार झा, प्रदेश नम्बर ३ मा मिमबहादुर योञ्जन, प्रदेश नम्बर ४ मा राजेन्द्र तिवारी, प्रदेश नम्बर ५ मा शिव गुलन कलुवार र प्रदेश नम्बर ७ मा नन्दराज रेग्मी चयन गरिएको छ भने प्रदेश नम्बर ६ मा पछि तोकिने बताईएको छ।

प्रकाशित: २५ फाल्गुन २०७४ १५:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App