coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

शंखपार्क व्यवस्थित बनाउन गुरुयोजना

स्केच : काठमाडौं महानगरपालिका

काठमाडौं महानगरपालिकाले शंखपार्कको प्रस्तावित गुरुयोजना छलफलका लागि सार्वजनिक गरेको छ । प्रस्तावित गुरुयोजनामा बालबालिका, ज्येष्ठ नागरिक, युवामैत्री व्यायामका लागि आवश्यक पर्ने अत्यावश्यक पूर्वाधार निर्माण गर्ने उल्लेख गरिएको छ। 

कामनपाले तीन करोड चार लाख रुपैयाँको लागतमा शंखपार्कलाई व्यवस्थित गर्ने गुरुयोजना तयार पारेको कामनपा– ४ का वडाध्यक्ष मोहन विष्टले जानकारी दिए। ‘जनतासँगको छलफल र बहसबाट आएको सुझावका आधारमा गुरुयोजनालाई मूर्त रूप दिनेछौँ,’ उनले भने।

कामनपा– ४ धुम्बाराही चक्रपथसँगै जोडिएको शंखपार्क २२ रोपनी क्षेत्रफलमा फैलिएको छ। पार्कको गुरुयोजना वातावरण व्यवस्थापन विभागका वरिष्ठ इन्जिनियर रविन्द्रकुमार राई, आर्किटेक्ट प्रमिला पराजुली र इन्जिनियरहरू राजेन्द्र डंगोल, उमेश पटेलले तयार पारेका हुन्।

महानगरको वातावरण व्यवस्थापन विभाग प्रमुख हरिबहादुर कुँवरले शंखपार्क कस्तो बनाउने भनेर जनताबाट सुझाव संकलन गरिरहेको बताए । ‘जनताको सुझावलाई मध्यनजर गरेर योजनालाई पूर्ण बनाउनेछौँ,’ उनले भने।

२०४३ सालमा पञ्चायत रजत जयन्ती पार्कका रूपमा यसलाई निर्माण गरिएको हो। २०४६ पछि पार्कको नाम शंखपार्क राखिएको हो । वडा कार्यालयका अनुसार अहिले शंखपार्कमा दिनहुँ करिब पाँच सय आन्तरिक तथा बाह्य पर्यटक घुम्न आउने गरेका छन्। 

अहिले पार्कमा शौचालय, शंखपार्कको स्तम्भ, खुला स्थान, बेन्चहरू, चौतारो, रूखहरू, बोटबिरुवा, छहारी जस्ता संरचना रहेका छन् । काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले महानगरले अघि सारेका योजनामा विवाद सिर्जना गर्नुको साटो सबै मिलेर अघि बढ्नुपर्ने बताउँछन् । ‘योजना अघि बढेपछि विवाद सिर्जना गर्नुभन्दा काम थालनी हुनुपूर्व योजनामा छलफल गर्न र रचनात्मक सुझाव दिन वडावासीसँग अनुरोध गर्छु,’ उनले भने, ‘जे–जे निर्माण गर्नपर्छ पहिल्यै सुझाव दिनुस्।’ 

रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक जग्गा सुरक्षा गर्ने काम चुनौतीपूर्ण रहेको बताउँछन् । ‘एकै ठाउँमा सबै चिज राख्न सम्भव पनि छैन,’ उनले भने, ‘पार्कमा आवश्यक पर्ने पूर्वाधार मात्रै बनाउनुस्।’
 

प्रकाशित: २८ फाल्गुन २०७४ ०६:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App