६ वैशाख २०८१ बिहीबार
समाज

साँझ मनाएर लोसारको बिदाई

काठमाडौं – धेरैले लोसारलाई एक दिन मनाउने पर्वको रुपमा लिइन्छन्। तर, हिमाली क्षेत्रका शेर्पा समुदायले भने लोसारलाई हप्तौं दिन मनाउने गर्छन्। विभिन्न कार्यक्रम र भेटघाटसहित मनाउने लोसार शेर्पा समुदायले औपचारिक बिदाई समेत गर्छन्।

फागुन ४ गते परेको यस वर्षको ग्याल्पो लोसार पनि शनिबार राजधानीमा एक अनौपचारिक कार्यक्रम गर्दै बिदाई गरेका छन्। शेर्पा समुदायको पुरानो संस्था नेपाल शेर्पा विद्यार्थी संघले ‘लोसार साँझ’ कार्यक्रम गर्दै लोसारको औपचारिक बिदाई गरेको हो।

‘ग्याल्पो लोसार खास गरेर एक दिन भएपनि समुदायमा धेरै दिन मनाइन्छ,’ शेर्पा संस्कृतीका जानकार लाक्पा शेर्पा भन्छन्, ‘पूजाआज चाँही विशेष दिनै गरिन्छ, अन्य कार्यक्रम भने महिना दिनसम्म चलिरहन्छ।’ उनका अनुसार शेर्पा समुदायले ग्याल्पो लोसारलाई बिशेष पर्वमा रुपमा लिन्छन्। 

‘लोसारलाई पूजाआजसँगै भेटघाट तथा रमाइलोको रुपमा पनि लिइन्छ,’ विद्यार्थी संघका अध्यक्ष सांगे मिङ्मा शेर्पाले भने, ‘समुदायभित्र धेरै संस्थाहरु छन्, ती सबै संस्थाले कार्यक्रम गरेर समुदायका बुद्धिजिवि, विशिष्ट सबैलाई बोलाउँछन्। विद्यार्थी संघले भने सबैले कार्यक्रम गरेपछि गर्दछ। विद्यार्थी संघले कार्यक्रम गरेसँगै लोसारको बिदाइ भएको अनुभूति समुदायले गर्छ।’ संघले राजधानीको कपनमा समुदायका सबैलाई निमन्त्रण गर्दै कार्यक्रम गरेको थियो। गृहमन्त्री रामबहादुर थापाको प्रमुख आतिथ्यमा गरेको कार्यक्रममा समुदायका विशिष्ट व्यक्तिलाई सम्मान समेत गरेको थियो। संघले औपचारिक कार्यक्रममा शेर्पा समुदायबाट सांसद् बनेका जिपछिरिङ लामा शेर्पा, डिएन लामा र समुदायबाट पहिलो पटक सहायक जिल्ला प्रमुख अधिकारी भएको भन्दै टुक्ती शेर्पालाई सम्मान गरेको थियो। 

सोही क्रममा शेर्पा समुदायको समाचारलाई प्राथमिकताको साथमा आमसञ्चार माध्यममा ल्याएको भन्दै नागरिक दैनिक पत्रकार खिलक बुढाथोकी, नेपाल टेलिभिजनका पत्रकार राजु सिलवाल, अन्नपूर्ण पोष्टका छेटु शेर्पा र एभिन्यूजका लाक्पा शेर्पालाई समेत सम्मान गरेको थियो। त्यसैगरी संघले हरेक वर्ष विभिन्न विद्यामा गर्दै आएको विद्यार्थीलाई पुरस्कृती गरको छ। औपचारिक कार्यक्रमपछि संघले भव्य सांस्कृतिक कार्यक्रम गर्दै लोसारको बिदाई गरेको संघका अध्यक्ष शेर्पाले जानकारी दिए। 

प्रकाशित: २८ फाल्गुन २०७४ ०८:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App