८ वैशाख २०८१ शनिबार
खेल

एपिएफ र डायमण्ड विजयी

आर्मीविरुद्ध सट पहार गर्दै न्यु डायमण्डकी खेलाडी (सेतो)। तस्बिर : नागरिक

काठमाडौं – आयोजक सशस्त्र प्रहरी बलको एपिएफ र शिवम् न्यु डायमण्ड एकेडेमीले पाँचांै राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।

हल्चोकस्थित आफ्नै कोर्टमा एपिएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लब र न्यु डायमण्डले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरे । एपिएफले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई २५–२१, २५–१४, २५–१८ को जित निकाल्यो । खेलमा एपिएफकी नेविका चौधरी वुमन अफ दी म्याच घोषित भइन्।

शिवम न्यु डायमण्ड एकेडेमीले विभागीय टोली त्रिभुवन आर्मीलाई २५–१७, २५–१२, २५–१५ को नतिजामा हराउँदा प्रतिभा माली वुमन अफ दी म्याच घोषित भइन् । विजयी न्यु डायमण्डले अब लिगको दोस्रो खेलमा बुधबार जावलाखेल भलिबल प्रशिक्षण केन्द्रसँग खेल्नेछ।

प्रतियोगितामा मंगलबार त्रिभुवन आर्मी क्लब र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र तथा एपिएफ क्लब र ढोरपाटन स्पोर्ट्स क्लबबीच खेल हुनेछ।

६ टिमले सहभागिता जनाएको प्रतियोगितामा शिवम् न्यु डायमण्ड एकेडेमी, त्रिभुवन आर्मी क्लब र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र समूह ‘क’ मा छन् भने आयोजक नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब र ढोरपाटन स्पोर्ट्स क्लब समूह ‘ख’ मा छन्।

चैत २ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले दुई लाख ५० हजार रुपैयाँसहित ट्रफी र मेडल हात पार्नेछ । यस्तै, दोस्रो हुने टिमले एक लाख २५ हजार रुपैयाँ र तेस्रो टिमले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । विभिन्न विधामा उत्कृष्ट हुनेले जनही ५ हजार रुपैयाँ प्राप्त गर्नेछ भने सर्बोेत्कृष्ट खेलाडीले स्कुटर हात पार्नेछ।

प्रकाशित: २९ फाल्गुन २०७४ ०४:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App