७ वैशाख २०८१ शुक्रबार
समाज

चोलेन्द्र श्रीमान्‌लाई इजलाश दिइएन

न्यायाधीश चोलेन्द्र शम्शेर जबरा र प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली ।

काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीशलाई विदामा बस्न दिएको सुझावलाई वेवस्ता गर्दै प्रधानन्यायाधीश गोपलप्रसाद पराजुलीले नियमित काम सम्हालेका छन् । 

प्रधानन्यायाधीश पराजुलीले आज मंगलवारको दैनिक पेशी तोकेका छन् । तर उनले, न्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई भने इजलाश तोकेका छैनन् । दैनिक पेशी तोक्ने काम प्रधानन्यायाधीशले गर्ने परम्परा छ ।

जबराले हिजो सोमवार प्रधानन्यायाधीश पराजुली साउन २१ गतेदेखि नै निवृत्त भइसकेको र उनको न्यायिक सम्पादन विवादास्पद बन्दै गएको भन्दै उनको बेञ्च बहिष्कार गर्ने लिखित आदेश जारी गरेका थिए । 

जबराको यो आदेशपछि सर्वोच्च अदालतका अधिकांश न्यायाधीशहरुले सोमवारै प्रधानन्यायाधीशलाई विदामा बस्न सुझाव दिएका थिए । 

यसैबीच प्रधानन्यायाधीशले गएराती राष्ट्रपतिसँग भेटवार्ता गरेका छन् । राष्ट्रपतिसँगको अर्थपूर्ण भेटघाटको अतिरिक्त विवरण सार्वजनिक हुन बाँकी छ ।

प्रकाशित: २९ फाल्गुन २०७४ ०५:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App