८ वैशाख २०८१ शनिबार
अर्थ

ग्यालेक्सी एस नाइन र एस नाइन प्लस सार्वजनिक

काठमाडौं – सामसङले नेपाली बजारमा ग्यालेक्सी एस नाइन तथा एस नाइन प्लस सार्वजनिक गरेको छ। राजधानीमा एक कार्यक्रम आयोजना गरी उक्त स्मार्टफोन सार्वजनिक गरेको हो।

सार्वजनिक कार्यक्रममा सामसङ नेपालका प्रमुख प्रणयरत्न स्थापितले एस नाइन तथा एस नाइन प्लसमा जुनसुकै बेला ग्राहकले उच्चस्तरीय फोटो तथा भिडियो खिच्न सक्ने बताए। 

उनका अनुसार एस नाइन तथा एस नाइन प्लसमा इमेज, भिडियो तथा इमोजीहरु सेयर गर्न सामसङले विशेष प्रविधि प्रयोग गरेको छ । यसमा संशोधित गरिएको डुअल अपार्चर लेन्स, लो लाइट क्यामरा, सुपर स्लोमो भिडियो खिच्न सकिने सुविधा तथा पर्सनलाइज्ड एआर इमोजीस तथा डल्बी एटमोसको साथ एकेजीद्वारा सुसज्जित गरिएको स्टेरियो स्पिकर रहेको छ । यसबाट डल्बी वातावरणको जीवन्त अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ।

ग्राहकले ग्यालेक्सी एस नाइन तथा एस नाइन प्लस फोन पाँच हजार रुपैयाँको तुरुन्त क्यास ब्याक सहित क्रमशः ९२ हजार नौ सय रुपैयाँ तथा एक लाख चार हजार नौ सय रुपैयाँ तोकिएको छ। क्यास ब्याकपछि एस नाइनको मूल्य ८७ हजार नौ सय रुपैयाँ तथा एस नाइन प्लस ९९ हजार नौ सय रुपैयाँ हुन आउने कम्पनीले जानकारी दिएको छ । यी दुवै सेटको प्रि–बुकिङ मार्च १२ देखि गर्न सकिने छ।
नेपाली बजारमा एस नाइन प्लस मिडनाइट ब्ल्याक, कोरल ब्लु तथा न्यू ह्यु, लाइलक पर्पल कलर अप्सनमा उपलब्ध हुनेछ भने एस नाइन मिडनाइट ब्ल्याकमा मात्र उपलब्ध हुने जानकारी दिइयो।

ग्राहकले प्रतिहप्ता हजार एमबीका साथ १२ हप्तासम्म १२ हजार एमबीको डाटा एनसेलको तर्फबाट निःशुल्क प्राप्त गर्ने बताइएको छ । शिखर इन्सुरेन्समार्फत एक वर्षभित्र सेट टुटफुट भएको अवस्थामा बिमा दावी गर्न सकिने व्यवस्था पनि मिलाएको छ।

यसका अतिरिक्त प्रिबुकिङ गर्ने ग्राहकहरुले वायरलेस चार्जर वा पाँच हजार रुपैयाँ बराबरको डिस्काउन्ट कुपन प्राप्त गरी सोही रकम बराबरको सामसङ मोबाइलका एसोसरिज वा सामसङको स्मार्टफोन खरिदमा डिस्काउन्ट लिन सक्नेछन्। 
साथै टर्किस एयर, केजिएच होटल तथा रुट्स फेसनसँग सहकार्य गरी विशेष छुटको व्यवस्था पनि मिलाएको छ।

सामसङले प्रिबुकिङमा सहभागी भएका व्यक्तिलाई लक्की ड्रमा पनि समावेश गर्ने कम्पनीले छ । प्रथम हुने भाग्यशाली विजेतालाई टर्किस एयरको सेवा भएको देशमा आउने–जाने टिकट निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाएको छ । दोस्रो भाग्यशाली बिजेताका दम्पतीलाई हिमालयन फ्रन्ट रिसोर्ट वा वाटर फ्रन्ट रिसोर्टमा दुई रात बस्ने व्यवस्था मिलाएको छ । दुईजना तेस्रो भाग्यशाली बिजेतालाई सामसङको फिट २ प्रो दिने कम्पनीले जनाएको छ।

प्रकाशित: २९ फाल्गुन २०७४ ०६:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App