coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

८ जना न्यायाधीश इजलाशमा गएनन्

काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीशलाई विदामा बस्न दिएको सुझावलाई वेवास्ता गर्दै प्रधानन्यायाधीश गोपाल पराजुलीले नियमित काम सम्हालेछि ८ जना न्यायाधीश इजलाशमा गएका छैनन्। सर्वोच्चमा आज १२ वटा इजलाश गठन भएका थिए। ति मध्ये ४ इजलाश नबसेका हुन्।

प्रधानन्यायाधीश पराजुलीले आज मंगलवारको दैनिक इजलाश गठन गरेका थिए। तर उनले, न्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई भने इजलाश तोकेका थिएनन्। दैनिक पेशी तोक्ने काम प्रधानन्यायाधीशले गर्ने परम्परा छ ।

दिपकराज जोशी र प्रकाश सिंह राउत, आनन्दमोहन भट्टराई र इश्वरप्रसाद खतिवडा,  सपना मल्ल प्रधान र हरिकृष्ण कार्की, अनिलकुमार सिन्हा र विश्वम्भरप्रसाद श्रेष्ठ इजलाशमा प्रवेश नगरेका हुन्।

सोमवार प्रधानन्यायाधीश पराजुली साउन २१ गतेदेखि नै निवृत्त भइसकेको र उनको न्यायिक सम्पादन विवादास्पद बन्दै गएको भन्दै उनको बेञ्च बहिष्कार गर्ने लिखित आदेश जारी गरेका थिए। जबराको यो आदेशपछि सर्वोच्च अदालतका अधिकांश न्यायाधीशहरुले सोमवारै प्रधानन्यायाधीशलाई विदामा बस्न सुझाव दिएका थिए । 

 

 

प्रकाशित: २९ फाल्गुन २०७४ ०७:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App