१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

५ किलो चरेशसहित दुई पक्राउ

काठमाडौं – महानगरीय प्रहरी परिसरले पाँच किलोग्राम चरेशसहित दुईजनालाई पक्राउ गरेको छ।

परिसरअन्तर्गत रहेको महानगरीय प्रहरी वृत्त, दरबारमार्गले मंगलबार (आज) लाजिम्पाटस्थित द इम्पेरियल क्याफेमा जाँच गर्दा रोल्पाका विजय घर्तीमगर र म्याग्दीका सुमन रोक्कामगरलाई पाँच केजी चरेशसहित पक्राउ गरेको हो।

भारतको रक्सौल र अन्य नाकाबाट काठमाडौं भित्रिएको लागुपदार्थ होटल तथा रेष्टुरेन्टमा बेचबिखन हुने गरेको गोप्य सूचनाका आधारमा प्रहरीले जाँच गर्दा उक्त परिणाममा चरेश बरामद गरेको हो।

परिसरले पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।    (रासस)

प्रकाशित: २९ फाल्गुन २०७४ ०७:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App