काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार दिउँसो भएको विमान दुर्घटनामा घाइते भइ काठमाडौं मेडिकल कलेजमा उपचार गराइरहेकाहरुको पछिल्लो सूची अस्पतालले सार्वजनिक गरेको छ। दुर्घटनामा परेकाहरु मध्ये ६ जनाको आइसियूमा, १ जना सर्जरी वार्ड, ३ जना पलास्टिक सर्जरी वार्डमा गरी १० जनाको उपचार भइरहेको अस्पतालले जनाएको छ। यस्तै अस्पतालबाट ६ जनालाई उपचारपछि डिस्चार्ज गरिएको छ। यस्तै अस्पतालमा ल्याइएका मध्ये ८ जना मृत्यु भएको जनाइएको छ। विमान दुर्घटनामा ४९ जनाको मृत्यु भएको थियो।
ढाकाबाट यात्रु बोकेर आएको जहाज सोमबार दिउँसो २ बजेर १८ मिनेटमा रनवेबाट चिप्लिएर दुर्घटनाग्रस्त हुन पुगेको थियो। विमानमा चालक दलका सदस्य सहित ७१ जना सवार थिए।
प्रकाशित: २९ फाल्गुन २०७४ ०८:२५ मंगलबार