७ वैशाख २०८१ शुक्रबार
कला

शुटिङ सेटमै ढले अमिताभ, जोधपुरमा उपचार हुँदै

मुम्बई – बलिउड अभिनेता अमिताभ बच्चन फिल्म शुटिङका क्रममा विरामी परेका छन्। आफ्नो आगामी फिल्म ‘ठग्स अफ हिन्दूस्तान’को शुटिङमा व्यस्त अमिताभ मंगलबार विहान अचानक शुटिङ सेटमै ढलेका हुन्।

भारतीय सञ्चारमाध्यमका अनुसार विहान ३ बजेसम्म शुटिङ गरेका अमिताभले ५ बजे आफ्नो ब्लगमार्फत स्वास्थ्य अवस्था विग्रिएको जानकारी गराएका थिए।  

उनको उपचारका लागि मुम्बईबाट निजी चिकित्सक शुटिङस्थल जोधपुर पुगेको छ। उनको जोधपुरमा उपचार भइरहेको छ। चिकित्सकले उनको अवस्था सामान्य रहेको र केही दिन आराम गर्न सुझाव दिएका छन्।

यसअघि फिल्मकै शुटिङका लागि अमिताभ पुरै टिमका साथ थाइल्याण्ड गएका थिए। त्यहाँ अत्यधिक चिसोका कारण उनको स्वाथ्यमा असहजता देखिएको थियो। 

 'ठग्स अफ हिन्दुस्तान'का अलावा अमिताभ बच्चन '१०२ नट आउट'को शुटिङ पनि गरिरहेका छन्।

प्रकाशित: २९ फाल्गुन २०७४ ११:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App