७ वैशाख २०८१ शुक्रबार
राजनीति

विद्या भण्डारी दोस्रोपटक राष्ट्रपतिमा निर्वाचित

काठमाडौं- राष्ट्रपतिमा विद्या भण्डारी पुन निर्वाचित भएकी छन्। आज भएको राष्ट्रपति निर्वाचनमा भण्डारीले ३९ हजार २ सय ७५ मतभार प्राप्त गरिन्। भण्डारीकी प्रतिस्पर्धी कुमारीलक्ष्मी राईले ११ हजार ७ सय ३० मतभार प्राप्त गरिन्। ८ सय ८० मत मध्ये ८ सय ६२ मत खसेको थियो।

मंगलबार बिहान १० बजेदेखि सुरु भएको राष्ट्रपतिको मतदान प्रक्रिया अपराह्न ३ बजेसम्म चलेको थियो।
संघीय संसद् र प्रदेशसभाका सदस्यलाई मतदाता बनाएर राष्ट्रपतिको निर्वाचन पहिलो पटक गरिएको हो। यसअघि राष्ट्राध्यक्षको चयन व्यवस्थापिका–संसद् सदस्यले गरेका थिए।

राष्ट्रपतिलाई प्रधानन्यायाधीशले सपथ गराउने चलन गरेको छ।

प्रकाशित: २९ फाल्गुन २०७४ ११:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App