coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

माटोको ढिस्कोमा पुरिएर तीन घाइते

बैतडी – माटोको ढिस्कोले पुरिएर बैतडीमा तीन मजदुर घाइते भएका छन्। घाइतेमध्ये  दुई जनाको  अवस्था गम्भिर रहेको छ। घाइते हुनेमा दशरथचन्द नगरपालिका–१, श्रीखण्डका ५२ वर्षिय मानप्रसाद भट्ट, ३५ वर्षिय गोविन्दप्रसाद भट्ट र ३५ वर्षिय गणेशदत्त भट्ट रहेका छन्। 

घाइतेमध्ये मानप्रसाद र गोविन्दको जिल्ला अस्पतालमा उपचार हुन नसक्दा पिथौरागढ लगिएको छ। मानप्रसाद भट्टको हात र मुखमा चोट लागेको छ भने गोविन्दप्रसादको ढाड र पेटमा चोट लागेको छ। 

बैतडीको दशरथचन्द नगरपालिका–१ श्रीखण्डमा ढुंगा निकाल्ने क्रममा मंगलबार दिउँसो १ बजे एक्कासी माथिबाट खसेको माटोको ढिस्कोमा पुरिएर उनीहरु घाइते भएका प्रहरीचौकी गुरुखोलाका प्रहरी सहायक निरीक्षक जयसिंह भाटले जानकारी दिए। माटोको ढिस्कोमा पुरिएका घाइतेलाई प्रहरीचौकी गुरुखोलाबाट गएका प्रहरी र स्थानीयबासीले उद्धार गरेका थिए। गोविन्दप्रसाद भट्टको घर निर्माणका लागि उनीहरु ढुंगा निकालिरहेका बताईएको छ।

प्रकाशित: २९ फाल्गुन २०७४ १३:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App