८ वैशाख २०८१ शनिबार
समाज

मन्त्री भेटेपछि बंगलादेशी घाइतेका आँखामा खुसी

मंगलबार काठमाडाैँ अाइपुगेका बंगलादेशका नागरिक उड्डयन तथा पर्यटनमन्त्री एकेएम शाहजाह कमाल घाइतेकाे अवस्था बुझ्न नर्भिक असपताल जाँदै । तस्बिर : रूबी राैनियार

काठमाडौं – नर्भिक अस्पतालको आइसियु कक्ष । जहाँ नेपालको त्रिभुवनविमानस्थलमा सोमबार दुर्घटनाग्रस्त युएस–बांगला एयरको जहाज दुर्घटनाका एक घाइते यकुवाली उपचाररत छन् । उपचाररत उनलाई भेट्न उनका परिवारजन आइपुगेका छैनन् । तर मंगलबार अचानक आइपुगेका बंगलादेशका नागरिक उड्डयन तथा पर्यटन मन्त्री एकेएम शाह जाह कमालले थपथपाउँदै सोधे,‘आर यु ओके ?’ शैड्ढयामा उपचाररत यकुवालीका निराश आँखामा चमक देखियो । नाकमा अक्सिजन रहातमा औषधिको सलाइन लगाएका उनले ओठमा हाँसो ल्याउन खोज्दै ‘ठीक छु’ भन्ने इसारा गरे ।

भयानक दुर्घटनाको त्रासदी र बिरामी अवस्थामा एक्लो रहनुको पीडा आफ्नो देशका मन्त्री देखेपछि उनले केही बेरका लागि भुले । दुर्घटनामा परेका घाइते भेट्न बंगलादेशीमन्त्री अस्पतालमै पुग्दा बिरामीले राहत महसुस गरे । मन्त्री कमालले बिरामीको स्वास्थ्य अवस्था बारे जानकरी लिए । टाउको र खुट्टामा चोट लागेका यकुवाली खतरामुक्त रहेको अस्पतालले जनाएको छ । अन्य बिरामी सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत छन् ।

मन्त्री कमालले बिरामी भेटेपछि नेपाल सरकारले बंगालादेशी घाइतेको उपचारमा कुनै कसर बाँकी नराखेको बताए । उनले नागरिकसँगको भेटमा नेपाल सरकारले बंगालदेशी बिरामीको उपचारमा उत्कृष्ट स्वास्थ्य सेवा उपलब्ध गराएकोमा खुसीव्यक्त गरे । तर थुप्रै नेपाली र बंगलादेशीले दुर्घटनामा ज्यान गुमाएकोमा उनले शोक व्यक्त गरे ।

मन्त्री कमालले घटनाबारे विस्तृत जनकारी लिने उद्देश्यअनुसार नेपालको नागरिक उड्ययन प्राधिकरण र बंगालदेशको नागरिक उड्ययनको संयुक्त कार्यक्रममा सहभागिता जनाएर सत्यतथ्य विषयवस्तुबारे बुझ्ने कार्यक्रम रहेको जनाए ।

‘नेपाल सरकारको सहयोग निकै सन्तोषजनक रहेको मैले पाएँ,’मन्त्री कमालले नागरिकसँग भने, ‘नेपाल सरकाले हाम्रा घाइते नागरिकलाई उत्कृष्ट स्वास्थ्य सेवा उपलब्ध गराएकोमा धन्यवाद दिन चाहन्छौं । साथै, दुर्घटनाको छानबिनमा बंगलादेश सरकारको पूर्ण सहयोग रहनेछ।

आफूलाई बिर्सेर अरुलाई बचाए

सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटनामा परेको यु–एस बांगला एयरमा सवार सनम शाक्य दुर्घटनालगत्तै छेउको सीसा फोडेर जसोतसो बाहिर निस्के । आफू बाहिर निस्केलगत्तै विमानभित्र बसेका छेउकै साथी जयराम ताम्राकारको खल्तीबाट मोबाइल झिकेर सहयोगकालागि फोन लगाउन थाले। उनले सकेसम्म विमानभित्र सास चलिरहेको दुवै लहरका चारसाथीलाई विमानबाट बाहिर तान्न थाले र चार जनाजनालाई जीवितै बाहिर निकाले ।

‘बिमान बाहिर निस्केपछि जीवितसाथीहरूलाई झ्यालबाट बाहिर निकालेर बचाउनतिर लागेँ,’ ३३ वर्षीय सनमले मंगलबार नर्भिक अस्पतालको बेडबाट भनिरहँदा उनी घटना सम्झेर झसंग हुन्थे,‘आँखै अगाडिचारपटक बम पड्के जस्तै विमान विस्फोट भएको देख्दा मन त्रसित बनिरहेको थियो,’उनले थपे, ‘साथीलाई बाहिर निकालेपछि बल्ल घर सम्झे र श्रीमतीलाई फोन गरेर आफू सुरक्षित भएको बताएँ।’

३३ वर्षीय सनम मंगलबार अस्पतालमा आफन्तसँग भेटिए । उनले आफन्तलाई पनि घटनाको वृत्तान्त सुनाउनुका साथै भावुक भइरहेका थिए । उनीसँगै रहेको श्रीमती सुभान्जली पनि श्रीमान्का कुरासुनेर भावुक बनेकी थिइन् । दुई दाजुभाइमा जेठो छोरा सनमले आफ्ना खुट्टा र टाउकोमा लागेको  चोट बिर्सेर जीवित उद्धार गरेका साथीलाई एक–एकगरी गाडीमा राखेर अस्पताल पठाउन थालेको दृश्य सम्झेर उनी झसंग हुन्छन् ।

‘दुर्घटनापूर्व विमानमा अलिअलि गडबड भएको भान हुनासाथ यात्रुहरू भगवान र बंगलाादेशीहरू अल्लाहको नाम लिएर चिच्चाउन थालेको देख्दा म त्रसित भइसकेको थिएँ,’उनले भने, ‘त्यसपछि जहाजमा आगो बल्न थाल्यो । धेरै जना चिच्याउन र कराउन थाले।’

अस्पतालमा भेटिएकी श्रीमती सुभान्जली भने श्रीमान्ले पुनः जन्म पाएकोमा खुसी थिइन् । श्रीमान् सनम सधैं टोलीसँगै बंगलादेश जाने र आउने गरेका थिए । त्यस दिन पनि श्रीमान् आफैँ घर फर्किन्छन् भन्ने आसमा घर बसेको उनले सुनाइन् । ‘तर उहाँले फोन गरेर प्लेन क्र्यास भयो र म बाँचे भन्दा सामान्य होला भन्ने ठोनेँ,’श्रीमती सुभान्जलीले नागरिकसँग सुनाइन्, ‘तर पछि पो ठूलो दुर्घटना भएको थाह पाएपछि म आत्तिएँ।’

सनमका बुवा शम्भुरत्न शाक्यले छोरोलाई नेवारी परम्पराअनुसार घरमा सगुन दिने तयारी भइरहेको जनाए । अस्पतालले सनमलाई मंगलबार डिस्चार्ज गरेपछि उनी तुरुन्तै घर फर्केनन् ।अस्पतालमा रहेका घाइते साथीहरूवसन्त बोहोरा र आशिष रञ्जितलाई भेटेर मात्र फर्के।

काठमाडौंबाट युएस–बंगाला एयरले नेपालका उत्कृष्ट १४ टिकट बिक्रेता एजेन्सीलाई सम्मान गर्न बंगालदेश लगेको थियो । सम्मानपश्चात्१४ जनामध्ये २ जना सोमबारै नेपाल फर्केका थिए भने १२ जना मंगलबार फर्कंदै थिए । लक्की ट्राभल्सका प्रबन्ध निर्देशक सनम शाक्य टिकट सेलरको उत्कृष्ट पाँचमा परेका हुन्।

अस्पतालमा मंगलबारै ट्राभल्स एजेन्सीका घाइतेभेट्न पुगेका पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐर र वरिष्ठ निर्देशक नन्दिलाहें थापाका संयुक्त टोलीले घाइतेसँग भेट गरी स्वास्थ्य स्थीतिबारे बुझेका थिए । 

दुर्घटनामा बाँचेका ट्राभल्स एजेन्सीका मुस्कान ट्राभल्स एन्ड टुर्सका दयाराम ताम्राकार,बोन ट्राभल्स एन्ड टुरका विनोदराज पौडेल, ओशो वल्र्ड ट्राभल नेपालका किशोर त्रिपाठी,मस्र्याङदी ट्राभल एन्ड टुर्सका हरिप्रसाद सुवेदी, सि लिंक ट्राभल्स एन्ड टुर्सका दिनेश हुमागार्इं, रेन्बो ट्राभल्स एन्ड टुर्सका आशिष रञ्जितकार लक्की ट्राभल्स एन्ड टुर्सका सनम शाक्य, रसविता इन्टरनेसनल ट्राभल्स एन्ड टुर्सका वसन्त बोहरा र फ्लाइट कनेक्सन इन्टरनेसनलका केशव पाण्डे रहेका छन् ।

बाँचेपछिको नयाँ जीवनमा रम्न खोज्दै नेपाली

विमानमाआगो लगेपछि आफैँ झ्यालको सीसाफोडेर बाहिर निस्किएकाथिएबालाजुका ३५ वर्षकाआशिष रन्जित । आफै घाइते भएपनिभित्रचिच्याइरहेकाहरुको समेसम्म उद्धार गर्ने प्रयास गरे। सोमबारको कहालीलाग्दो दिनवितेपछिको दोस्रो दिनउनलाई बल्लदुखाइको महसुस भैरहेको छ। खुट्टाको अप्रेसन सकेर आफ्नो नर्भिक अस्पतालको ५१० नम्बर शैयामाफर्केकाउनलाई परिचारिकाले थप चेकजाँचगर्दैथिइन्। सुन्निएजस्तो अनुहार,केही फुलेजस्तो हातखुट्टा अनिअप्रेसनमालगाइएको एनेस्थेसियाको बाँकी असर । घरी आँखाखोल्दै घरी बन्दगर्दै थिए । परिचारिकाले उनको काखीमा राखेको थर्मोमिटर झिक्नबिर्सिन्। ‘यो चाहिँ झिक्नु पर्दैन,’ मलिनअनुहारमाहाँसो ल्याउनखोज्दै आशिषले ठट्टा गरे,‘किमलाई नै गिफ्ट दिनखोजेको हो ।’ परिवारको कान्छो छोराको त्यो अवस्थाहुँदा आमा रोशना रन्जित,पत्नी आँचल,बाबु,दाजुसहितकाआफन्त सोमबारदेखि अस्पतालमै छन्। आशिषभने नयाँजुनीको खुसी बाँड्न खोजिरहन्थे । ‘जीउदुखीरहेछ,हातखुट्टा पनिदुखिरहेछ,’ उनले सुनाए,‘डाक्टरले रेष्ट गर्नु भनेका छन्।’ 

त्यतिमात्र हैन मःमलिएर आएकाहोटलका व्यक्तिसँगपनिउनले ठट्टा गर्न भ्याए,‘मलाई ल्याइदिएको हो भने म त खाइदिन्छु ।’ उनकादाजुले भने डाक्टरले झोल पर्दाथमात्रपहिले खानु भनेकाले हुन्नभनेर टारे । घटनाको दिनपत्नीआँचलविमानस्थलमालिनगएकीथिइन्। अचानकभएको विमानविस्फोटले उनको चेत झण्डै हराएझँै भयो । फोनगरिन्,यताउता दौडिन् । केहीपत्तो पाउन सकिनन्। केहीबेरमाआशिषकै फोन आयो, ‘प्लेन क्र्यास भयो म ठीक छु ।’ बल्लउनको उडेको हंस ठाउँमा फि¥यो । ‘दोस्रो जुनी नै पायो छोराले,’ आमा रोशनाले थपिन्, ‘अझैपनि कसरी बाँच्यो मेरो छोरा भनेर दृष्य हेर्दा डराउँछु ।’ 

उता उही अस्पतालको २३० नम्बर शैड्ढयामाउपचाररत छन् झापाका वसन्तबोहरा । उनी चाबहिलस्थित एक ट्राभल एजेन्सीमालेखापाल छन् । युएस बंगला एयरको बेस्ट टिकट सेलरको सम्मानथाप्नउनीपनिआशिषकै टोलीमाहोलीको दिन उता गएकाथिए । 

‘फुटाउन त सीसा फुटाएरै निस्केको हो,’ बोहरा सुनाउँछन् ,‘तर त्यतियाद छैन। पहिले मलाई केएमसी लगेकाथिए । पछि यता ल्याएछन् ।’ उनको टोलीमा १२ जनाथिए । तीमध्ये नौजनाआपसी सहयोगमा उद्धार भए । एयरपोर्टमा ल्याण्ड हुँदासम्म उनलाई सबै थाहा छ। त्यसपछिका कुरा भने सपनाहो किविपनाउनीअझैपनि अन्योल झै लाग्ने बताउँछन् । प्लेन जलेपछि चेपिएर डढ्दै गरेकाबंगलादेशीनागरिकले अल्लाहअकबर भन्दै प्राथनागर्न भ्याएको उनीलगायतकाले सुने । तर देब्रेतर्फको प्लेनको भाग पूरै आगोको लप्काभित्रभएकाले बचाउन सकेनन् । बंगलादेशबाट बाह्रबजे उडेको विमानओर्लन ढिला भएको वा केही खराबीभएको भन्ने कुरा पाइलट टोलीले जानकारी नदिएको उल्लेख गरे। 

उनलाई भेट्न आएकी साथी जेनिसाअधिकारीले फेसबुकमा समाचार देखेपछि थाहापाएको सुनाइन् । ‘यसो हेर्छु त उसको फोटो दौडिदै सिनामंगलगएँ । भेटिन अनि नर्भिक आएँ,’ उनले सुनाइन्,‘यस्तो घटनामा बाँचेर अर्को जुनीपाएको छ ।’ पर्यटनसँग सम्बन्धितविभिन्न ट्राभल एजेन्सीका १४ जनाबंगलादेश पुगेका थिए । तीमध्ये दुईजना अघिल्लै दिनफर्केकाथिए । मंगलबार फर्केकामध्ये नौजनाबाँच्न सफल भए भने तीनजनाको ज्यानगयो । ज्यानगुमाउनेमा नमस्ते ट्राभल्स एण्ड टुरका हरिशंकर पौडेल र प्रवीण चित्रकार तथा योङ ट्राभल्सकी सजना देवकोटा रहेको नेपालएसोसियसनअफ टुर एण्ड ट्राभल एजेन्सीकाअध्यक्षसिएन पाण्डेले जानकारी दिए । 

प्रकाशित: ३० फाल्गुन २०७४ ०१:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App