८ वैशाख २०८१ शनिबार
समाज

शरीरबाट गोली झिकियो

धनगढी – घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीलाई गोली प्रहार गरेको घटनामा संलग्न भएको आशंकमाप्रहरीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा–माओवादीका ४ जना कार्यकर्ता पक्राउ गरेको छ । सोमबार राति ३ जना र मंगलबार १ गरेर अनुसन्धानका लागि ४ जना पक्राउ गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए । राति घरमै सुतिरहेको अवस्थामा मंगलबार बिहान राष्ट्रिय युवा जनस्वयसेवक संगठनका अध्यक्ष कमल क्षेत्री (पवित्र), घोडाघोडी नगर सेक्रेटरी भरत शाह र टीकापुर नगर सेक्रेटरी हृदय बोगटीलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका १ जनाको नाम  खुलेको छैन। अनुसन्धान भइरहेकाले प्रहरीले नाम खोलेको छैन । विप्लव माओवादी पार्टीले भने घोडाघोडी नगरपालिका प्रमुख चौधरीमाथि भएको आक्रमणको औपचारिकजिम्मा लिएको छैन। 

माओवादी विप्लव पार्टी कैलाली विज्ञप्ती निकाली कार्यकर्ता पक्राउ परेकोमा ध्यानाकर्षण भएको जनाउ“दै पक्राउ परेका सबैलाई बिना सर्त रिहाइ गर्नुपर्ने, घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्नेलगायत माग गरेको छ । औपचारिक रूपमा विप्लव माओवादीले नस्वीकारे पनि मेयर चौधरीमाथि विप्लव माओवादीबाटै आक्रमण भएको प्रहरीको अनुमान छ । बोक्सीको आरोपमा राधा चौधरीलाई कुटपिट गरेको घटना मिलापत्र गरेर आरोपितलाई जोगाउन खोजेको आरोपमा मेयर चौधरीको आलोचना भइरहेका बेला आक्रमण भएको हो । यसअघि विप्लव माओवादीले विज्ञप्ती जारी गरी अनियमितता गरेको भन्दै मेयर चौधरीको राजीनामाको माग गरेका थिए । सोमबार राति घरमै आएको एक समूहले उनीमाथि खुकुरी र गोली प्रहार गरेको थियो । चौधरीमाथि आक्रमण गरेपछि चारजना मोटरसाइकलमा र अरु दुईजना मोटरसाइकल छोडेर नगरप्रमुखको घरबाट पश्चिमतर्फ रहेको जंगलतिर भागेका थिए । सोमबार राति नै से २ प ३६७१ नम्बरको मोटरसाइकल प्रहरीले नगरप्रमुखको घर नजिकैबाट बरामद गरेको थियो। 

चौधरीको शरीरबाट गोली झिकियो
नगरप्रमुख चौधरीको दायाँतर्फको मिर्गौला नजिकै लागेको गोली निकालिएको छ । शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत चौधरीको शल्यक्रिया गरेर गोली निकालिएको हो । उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए । मंगलबार नेपालगन्जबाट नेपाली सेनाको हेलिकप्टरबाट उपचारका लागि उनलाई काठमाडांै लगिएको हो ।
चौधरीको टाउकोमा खुकुरी प्रहार भएको थियो । उनलाई सोमबार राति नै उपचारका लागि नेपालगन्ज लगिएको थियो । नेपालगन्जमा गोली लागेको ठाउ“मा गोली रहे नरहेको पत्ता लाग्न नसकेपछि मंगलबार बिहान नेपाली सेनाको हेलिकोप्टरमा काठमाडौं लगिएको प्रजिअ रिजालले बताए।

गत बिहीबार नारी दिवसका दिन घोडाघोडी नगरपालिका ५ देउकलियामा राधा चौधरीलाई ‘बोक्सी’को आरोपमा भोलेबाबा भनिने रामबहादुर चौधरीले कुटपिट गर्दा रमिते बनेको र प्रहरीले पक्राउ गरेका दोषीलाई छुटाउन पहल गरेको मेयर ममताप्रसाद चौधरीआरोप लागेको थियो।

घोडाघाडी बन्दको घोषणा
घटनाको विरोध गर्दै एमाले निकट युवा संघले मंगलबार बिहानदेखि नै घोडाघोडीमा बजार बन्द गरेको छ । दोषीलाई यथाशीघ्र पक्राउ गर्न दबाब दिने उद्देश्यले युवा संघले बजार, यातायातहरू ठप्प पारेको जनाएको छ । एमाले निकट युवा संघ नेपाल नगर कमिटीले घोडाघोडी नगरपालिकामा तालाबन्दी गरेको छ । अपराधी सार्वजनिक नभएसम्म नगरपालिकामा तालाबन्दी रहने युवा संघ नेपालका घोडाघोडी नगर संयोजक टेकराज आचार्यले बताएका छन्।

दोषीलाई कारबाहीको माग
घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि भएको आक्रमणको विभिन्न राजनीतिक दल तथा संघसंस्थाले भत्र्सना गरेका छन् । दल र संघसंस्थाले छुट्टाछुट्टै विज्ञप्ति जारी गरेर घटनाको भत्र्सना गर्दै दोषीलाई कारबाही गर्न माग गरेका हुन्।

नेकपा माओवादी कार्यालय सचिव रमेशसिंह धामीद्वारा जारी विज्ञप्तिमा घटनामा संलग्नलाई कडा कारबाही गर्न र सबै जनप्रतिनिधिको सुरक्षाको ग्यारेन्टी गर्न माग गरिएको छ।
यस्तै संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी, थारू कल्याणकारिणी सभा, थारू नागरिक समाज, आदिवासी जनजाति महासंघ, थारू विद्यार्थी समाज, थारू महिलासभा र राना थारू समाज कैलालीले संयुक्त विज्ञप्ति जारी गर्दै घटनाको भत्र्सना गरेका छन्।

प्रकाशित: ३० फाल्गुन २०७४ ०४:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App