७ वैशाख २०८१ शुक्रबार
समाज

सुरक्षा सतर्कता नअपनाउँदा घटना

मेयरमाथि आक्रमणमा संलग्न भएको आरोपमा पक्राउ परेका नेकपाका कार्यकर्तालाई सार्वजनिक गर्दै प्रहरी ।  तस्बिर : दिलबहादुर

धनगढी – फागुन २७ गते विप्लव नेतृत्वको नेकपाका कैलाली जिल्ला इन्चार्ज र सेक्रेटरीले घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमािथ राजीनामा दिन दबाब दिँदै  राजीनामा नदिए जनकारबाही गर्ने चेतावनीसहित विज्ञप्ति निकाले। 

नेकपालाई बोक्सी  आरोपमा १८ वर्षीया राधा चौधरीमाथि ६ घन्टा कुटपिट भएको घटनामा रमिते बनेका र घटना मिलापत्र गराएको भन्दै मेयर चौधरीप्रति आक्रोश बढेको माहोल अनुकूल लाग्यो। 

पुस २८ गते राति ८ बजेतिर घरमै गएर उनीमाथि खुकुरी र गोली प्रहार भयो। विज्ञप्तिपछि मेयर चौधरी असुरक्षित रहेको सुरक्षा निकायको पनि आकलन थियो। ‘विप्लवका कार्यकर्ताले विज्ञप्ति निकालेपछि उनी सुरक्षा थ्रेटमा रहेको थाहा थियो,’ कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले भने, ‘उहाँको सुरक्षाका लागि मेयर कहाँ हुनुहुन्छ भनेर बुझ्दा काठमाडाैँ भएको मलाई जानकारी आयो।’ फागुन २८ गते दिनभरि सुख्खद क्षेत्रमै आफू रहेको उनको भनाइ छ। घिमिरेले ‘मैले बुझ्न लगाउँदा त्यहाँको प्रहरी चौकीका इन्सपेक्टरले मेयर र उनका परिवार काठमाडौंमा छन् भनेकाले हामी ढुक्क भयौं।’ धम्की आइसकेपछि सतर्कता नअपनाउँदा मेयर चौधरीलाई आक्रमणकारीले गोली हान्न सकेको उनको भनाइ छ। मेयर चौधरीको त्यही दिन काठमाडांै जाने कार्यक्रम रहे पनि रद्द भएको आफन्तले बताएका छन्। बोक्सी आरोपमा युवतीमाथि कुटपिट भएको घटनापछि मेयरप्रति आलोचना र आक्रोश बढेको मौका आक्रमणकारीले छोपेको प्रहरी उपरीक्षक घिमिरेले बताए।

१३ जनाविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा 
घटनामा संलग्न भएको आरोपमा नेकपाका कैलाली इन्चार्ज र सेक्रेटरीसहित १३ जना माथि मुद्दा चलाएको प्रहरी उपरीक्षक  घिमिरेले बताए । मेयरका आफन्तद्वारा १३ जनाको नाममा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराइएको हो। तीमध्ये ५ जना पक्राउ परेका छन् भने ८ जना फरार छन् । पक्राउ परेका घोडाघोडी नगरपालिका १ लक्ष्मीपुरका ४० वर्षीय कमल क्षत्री, सोही नगरपालिका ९ का  ३६ वर्षीय भरतबहादुर शाह, धनगढी उपमहानगरपालिका ८ का ३० वर्षीय पूर्णप्रसाद खनाल, टीकापुर १ का ३० वर्षीय हृदयराज बोगटीलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ। 

पक्राउ परेका विप्लवका कार्यकर्ताले पार्टी निर्देशनअनुसार आक्रमण गरेको बयान दिएको प्रहरी उपरीक्षक घिमिरेले बताए। मेयर चौधरीलाई खुकुरी प्रहार र गोली हान्ने व्यक्ति पहिचान भइसकेको र खोजी भइरहेको उनले बताए। घटनामा प्रयोग भएको हतियार पनि फेला परेको छैन। घटनास्थलमा गोलीको एउटा खोका फेला छ। 

 ‘हामीलाई कुन राजनीतिक समूह भन्ने थाहा हुँदैन। आपराधिक गतिविधिमा संलग्न हाम्रा लागि आपराधिक समूह हो, जोसुकै भए पनि कारबाही गर्छौं,’ उनले भने।

प्रकाशित: २ चैत्र २०७४ ०२:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App