८ वैशाख २०८१ शनिबार
अन्य

२८ महिनापछि सडक कालोपत्रे

काष्ठमण्डप– घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने चावहिल गोपीकृष्णबाट कपनको भृकुटीचोक जाने सडक २८ महिनापछि कालोपत्रे भएको छ। 

आइतबार कपन सरस्वतीनगर पुग्दा हेमकुमारी दाहाल नाति डो¥याउँदै सडकमा पैदल हिँडिरहेकी थिइन् । ‘यो सडकको समस्या त कम्ता खेपिएन,’ उनले भनिन्, ‘धेरैपछि बल्ल सडकमा निर्धक्क हिँड्न पाइयो।’

१३ सय मिटरको यो सडक कपन प्रवेशको मुख्य मार्ग हो। विस्तार गर्न २०७२ मंसिरमा भत्काएपछि सरस्वतीनगरवासीले मात्रै नभएर कपनवासीले नै सडकको मार खेप्दै आएका थिए।

एक हजार तीन सय मिटरको यो सडक कपन प्रवेशको मुख्य मार्ग हो । विस्तार गर्न २०७२ मंसिरमा भत्काएपछि सरस्वतीनगरवासीले मात्रै नभएर कपनवासीले नै सडकको मार खेप्दै आएका थिए । अघिल्लो साता सडक कालोपत्रे गरिएसँगै आवतजावतमा सहज भएको कपनका कपिल पौडेलले बताए । ‘यो सडक अवरुद्ध हुँदा कहिले धोबिखोला करिडोर त कहिले महांकालतर्फ घुम्नुपर्ने बाध्यता थियो,’ उनले भने, ‘अहिले चावहिलबाट सीधै कपन छिर्न पाइन्छ, ढिलो भए पनि सडक कालोपत्रे गरिएपछि खुसी छौँ।’ 

सडक बिगारेर नबनाएपछि स्थानीयले पटक–पटक जिम्मेवार निकायका प्रमुखदेखि सांसदलाई समेत गुहार्दै आएका थिए । अघिल्लो साता भने काठमाडौं सडक डिभिजन कार्यालय– १ सडक कालोपत्रे गरेको हो । ‘विस्तार गर्न भत्काइएको सडक विभिन्न कारण कालोपत्रे नभएको हो,’ डिभिजन कार्यालय– १ प्रमुख मुकुन्द अधिकारीले भने, ‘कालोपत्रे गरिसकेका छौँ, अब चाँडै अन्य काम पनि सक्नेछौँ।’ 

उनका अनुसार फुटपाथ, जेब्राक्रस, ढल लगायत काम बाँकी छन्। कार्यालयका अनुसार सडक विस्तार तथा निर्माणको लागत ६ करोड ९८ लाख रुपैयाँ रहेको छ । सडक विस्तारका लागि वल्र्ड वाइड मस्लिङ देवी जेभी निर्माण कम्पनीले ठेक्का लिएको थियो । विस्तारसँगै सडक १२ मिटर चौडा, फुटपाथ र ढलयुक्त भएको छ।

प्रकाशित: २ चैत्र २०७४ ०६:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App