coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

नेपालले एकदिवसीय मान्यता पाएपछि रुकुममा विजय उत्सव

रुकुम (पश्चिम) – बिहीवार नेपालले विश्व क्रिकेटमा एक दिवसीय मान्यता पाएसंगै यहाँका क्रिकेट समर्थकहरुले बधाई तथा विजय उत्सव मनाएका छन्। शुक्रबार जिल्ला सदरमुकाम मुसीकोट खलंगामा खुशी ¥याली निकाल्दै उनीहरुले बधाई तथा विजय उत्सव मनाएका हुन्।

यो जित अहिले सम्मकै नेपालको ठूलो उपलब्धी भएको भन्दै उनीहरुले खुशी मनाएका हुन्। जिल्ला क्रिकेट संघको आयोजनामा गरिएको खुशी -यालीमा क्रिकेट समर्थकहरुको सभागिता रहेको थियो। यो जितले समग्र नेपाली क्रिकेटरको मनोबल उच्च गराएको जिल्ला क्रिकेट संघका अध्यक्ष दिपक वाँठाले बताए। ‘एकदिवसीय मान्य पाएसंगै ग्रामिण क्षेत्रमा रहेकाहरुलाई खेलप्रति अझ प्ररेरित गरेको छ’ उनले भने, ‘जित संगै नेपालमा क्रिकेट अझै विकसित हुन्छ ।’ नेपालको जीत नै हामी सबै नेपालीको जित भएको उनको भनाई छ। जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट अन्तर्गत नेपालले पपुवा न्यूगिनीलाई ६ विकेटले र नेदरल्याण्डले हङकङलाई ४४ रनले हराएपछि नेपालले पहिलो पटक एकदिवसीय मान्यता पाउन सफल भएको हो।

नेपाली टोलीको सम्मान र उत्साहका लागि खुशीयाली मनाएको जिल्ला क्रिकेट संघले जनाएको छ। छोटो समयमै नेपालले एकदिवसीय मान्यता पाउनु ठूलो उपलब्धी भएको यहाँका क्रिकेट समर्थकहरुको भनाई छ। ‘क्रिकेटमा नेपालले हार्दैन, खेल्न कहिल्यै छाड्दैन’ जस्ता नारा लगाएर उनीहरुले खुशी आदानप्रदान गरेका थिए। ¥यालीमा स्वत स्फुर्त शिक्षक, विद्यार्थी, व्यापारी, कर्मचारी, पत्रकार, जिल्ला क्रिकेट संघका पदाधिकारी लगाएतका साथै क्रिकेट समर्थकहरुको सहभागिता रहेको थियो। 

प्रकाशित: २ चैत्र २०७४ १४:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App