coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

लेनिन तिमीलाई नमन छ तर...

महेशचन्द्र शर्मा

लेनिन तिमीलाई नमन तर
तिमीबाट पनि ठूलो भयो भूल
विरोधीलाई मार्‍यौ
यसकारण मूर्ति भयो धूल

हिंसा–पथ त्यागेका भए तिमी
बन्ने थियौ गान्धी–चेला
रुस निवासीले सधैँ चढाउँथे
ताजा पुष्प मेवा केला

बोल्सेविक क्रान्तिका नेता
चोगामा खुबै सुहाउँथ्यौ
राम्रो सुन्दर कदकाठीका
खिलखिलाएर हाँस्दथ्यौ

किन्तु अरुको हाँसो तिमीले
बेपत्ता पार्‍यौ गोलीको धार
इच्छा–द्वेषको चक्रव्यूह पारी
दियौ तिमीले हजारौँ मार

जता हेर्‍यो उतै देखिन्थे
पर्वत–पर्वत नर–कंकाला
त्यसैको फल आज
गलामा तिम्रो जञ्जिर माला

हाने हथौडा फोडे खोपडी
गर्धन गायब टुट्यो टाङ
प्रतिशोधको फलस्वरूप तिमी
फासीमा पर्‍यौ टाङ

टोल्स्टोयले जस्तै मैत्री
बापू शान्ति–पुजारीसँग
गरेको भए आज तिमीलाई
सजाउँथे वाटिका फूलसँग ।

लन्डनभन्दा राम्रो नेपाल

मेरा एक मित्रजी भन्छन्
शर्माजी जाउँ सयर गरौँ
पार गरौँ सात समुद्र
लन्डन उडेर सयर गरौँ

सुनिन्छ इंग्ल्यान्ड गोराको
चकाचक र चमकदार
चौडा–चौडा सडक छन्
दुईतले बसले गर्छन् पुकार

मैले भने मित्र सुन मलाई
साफ साफ स्पष्ट राय छ
मलाई राम्रो लाग्दैन बेलायत
उहाँ त मेरो ठेंगा जान्छ

इंग्ल्यान्ड नुनिलो नुनिलो छ
थेम्स कहाँ यति सफा छ
कलकल झरना सरिता
नेपाल त उसको पिता छ

खराब खराब उहाँ तेज हावा
चल्छ आँधी छातातोड
हिउँपर्छ यसै चिप्लिन्छ
हात पाइताला भाँचिन्छ बेजोड

हरकोही उहाँ दौडधूपमा छ
लाग्छ पागल दौडमा
लन्डन गरिरहन्छ क्रन्दन
पाउन्ड फाउन्डको जोडमा

सूर्यदेव प्रत्यक्ष यहाँ छन्
चन्द्र किरणले दिन्छ दर्शन
हेर धवल उत्तुंग हिमालय
निर्मल हुन्छ पावन मन

धुलिखेल र टुँडिखेलको
धूप धूलमा खेलौँ यार
फिरंगीको कुरा छोडौँ
आफ्नै माटोसँग गरौँ प्यार

शान्तिभूमि र ज्ञानभूमि
सबै किसिमले मालामाल
म त कहिल्यै इंग्ल्यान्ड नजाउँ
लन्डनभन्दा राम्रो नेपाल

विदेशी स्वयं नेपाल आउँछन्
के अमेरिकी युरोपी
अतिथि भावले यहाँ बस्छन्
पहिरी नेपाली टोपी

नेपाल धेरै ब्युटिफुल छ
हृदयबाट बोल्दै छु
छिमेकी राष्ट्रको दर्शन गर्न
पटक–पटक म आउँछु ।

(कवि शर्मा काठमाडौंस्थित नेपाल–भारत पुस्तकालय प्रमुख छन् । उनले हिन्दीमा लेखेका दुई कविताको नेपाली काव्यानुवाद गरिएको हो ।)

प्रकाशित: ३ चैत्र २०७४ ०१:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App