coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

वासनोपसम– ५

सत्सङ्गले भने जस्तै व्यवहार गरीकन ।
जगत्प्रपञ्च मिथ्या हो भन्ने भाव लिईकन ।
शरीर नाशवान् जाने वासना पर भाग्दछ ।।

दृढभाव लिई लागे मुर्खले पनि खोजमा ।
विष बन्छ सुधा हेर सुधा विष महामना ।।

देखिन्छ देह यो सत्य हेरेमा सत्यभावले ।
हराउँदछ यो देह हेरे असत्य भावले ।
अनि प्राणी भोग्न थाल्छ अपार सुख भाग्यले ।।

सुतेको सुख शड्ढयामा देहले जुन स्वप्नमा ।
देशान्तर तिमी घुम्छौ जाग्दा त्यो देह गो कहाँ ?

मुमुक्षुले सर्वनाश उपस्थित भए पनि ।
‘म देह हुँ’ बुद्धि यस्तो गर्दैन कहिल्यै पनि ।
मासु कुक्कुरको बोकी चण्डाल यदि हिँड्दछ ।।
सदाचारी पुरुषले तब के छुन सक्दछ ?

क्रमशः
(ज्ञवालीद्वारा संस्कृतबाट अनुवादित योगवाशिष्ठसारको नेपाली पद्य हरेक शनिबार नियमित प्रकाशित भइरहेको छ ।)

प्रकाशित: ३ चैत्र २०७४ ०२:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App