coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

गायक दलेर मेहन्दी जमानतमा रिहा

मुम्बई– भारतका चर्चित गायक दलेर मेहन्दी जमानतमा रिहा भएका छन्। १४ वर्षदेखि चन्दै आएको मानव वेचविखन मुद्दामा पञ्जाबको एक स्थानीय अदालतले उनलाई दोषी ठहर गर्दै शुक्रबार २ वर्षको सजाय सुनाएको थियो। 

फैसलालगत्तै पक्राउ परेका दलेर शनिबार धरौटी बुझाएर रिहा भएका हुन्। रिहा भएलगत्तै ट्वीटरमार्फत उनले फैसलाविरुद्ध हाइकोर्टमा अपिल गर्ने उल्लेख गरेका छन्। 

उनले यो मुद्दा आफ्नो भाईविरुद्ध भएको र उनको यसै वर्ष निधन भइसकेको जानकारी गराउँदै अनपेक्षित फैसला सुनेर दुःख लागेको बताएका छन्। उनले माथिल्लो अदालतमा अपिल गर्ने भन्दै दुधको दुध र पानीको पानी बाहिर आउने विश्वास व्यक्त गरेका छन्।

दलेरविरुद्ध विदेश कार्यक्रममा सहभागी हुने क्रममा अन्य व्यक्तिलाई अवैध रुपमा विदेश लगेको आरोपमा मुद्दा चलिरहेको थियो।

 

प्रकाशित: ३ चैत्र २०७४ ०९:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App