coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

नेदरल्यान्ड्सद्वारा नेपालसामु १९० रनको लक्ष्य प्रस्तुत

काठमाडौं  – जिम्बाब्वेमा जारी विश्वकप क्रिकेट छनोटको ७ औं स्थानका लागि जारी खेलमा नेदरल्यान्ड्सले नेपालसामु जितका लागि १९० रनको लक्ष्य प्रस्तुत गरेको छ। 

स्थानीय क्वेक्वे स्पोर्टस क्लबको मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले ५० ओभरमा ९ विकेट गुमाउँदै १८९ रन बनायो। नेदरल्यान्ड्सका लागि बस ली लिडेले ३९, म्याक्स ओ डल्डले २८,भान डर मेर्वी र स्कट इड्वार्डले समान २५,पिटर सिलर र साने स्यान्टरले समान २३ रनको योगदान लिए।

नेपालका लागि सोमपाल कामीले ४,सन्दिप लामिछाने र ललित राजवंशीले २–२ तथा शक्ति गौचाले १ विकेट हात पारे। योसँगै सन्दिपले प्रतियोगिताभर १३ विकेट लिएका छन्।

इतिहासमै पहिलो पटक एक दिवसीय मान्यता पाएको नेपालले ७ औं स्थानका लागि आज नेदरल्यान्ड्सको सामना गरिरहेको छ।
प्रतियोगिताअन्र्तगत ७ औं स्थानको लागि भइरहेको प्लेअफ खेलमा नेदरल्यान्ड्सलाई हराउदै नेपाल जिम्बाब्वे भ्रमणको सुखद अन्त्य गर्न चाहन्छ। बिहीबार भएको प्लेअफ खेलमा पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गर्नुका साथै नेदरल्यान्ड्सले हङकङलाई ४४ रनले पराजित गरेपछि नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो।

एक दिवसीय खेलमा नेपाल र नेदरल्यान्डस् अहिलेसम्म ४ पटक भिड्दा दुवै टोलीले समान २–२ खेल जितेका छन्।

प्रकाशित: ३ चैत्र २०७४ १०:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App