७ वैशाख २०८१ शुक्रबार
समाज

चिठ्ठाको लोभमा ठगिने बढ्दै

पाँचथर- भाईवर तथा इमोमा चिठ्ठा पर्यो भन्दै धेरैका मोवाईलमा कल तथा म्यासेज आएका छन्। विभिन्न कम्पनी, सेलिव्रेटिका फाउण्डेसन लगायतको हवाला दिँदै २५ लाख रुपैँया चिठ्ठा परेको भन्दै म्यासेज तथा कल आउने गरेका छन्। कसैलाई खाता नम्बर माग्ने त कसैलाई चिठ्ठाको पैसा लिनका लागि केहि रकम जम्मा गर्न भन्दै फकाउने घटना पनि नौला होइनन्। करबापतको पैसा जम्मा गर्न भन्दै कल समेत ठगी गर्ने समूहले गर्ने गरेको पाइएको छ।

चिठ्ठामा पैसा परेको लोभमा पैसाजम्मा गरिदिनेहरु ठगिदै छन्। यसरी ठगिएका घटनाहरु दिनानुदिन सार्वजनिक भएका छन्। हिन्दि लागयतका भाषामा चिठ्ठा परेको भन्दै विश्वास दिलाउँदा मख्ख हुनेहरु ठगिएको भन्दै प्रहरीका पुग्ने गरेका छन् । पाँच लाखसम्म ठगिएको प्रहरीसँग उजुरी रहेको छ।

पाँचथरको याङवरककी एक युवती यस्तै समूहको फन्दामा परेर ठगिएकी छन्। चिठ्ठाको आशमा ३० हजार रुपैयाँ जम्मा गरेपछि पुनः पैसा माग्न थालेपछि उनी प्रहरी कहाँ पुगेकी थिईन। प्रहरीको उजुरीका आधारमा उनले पठाएको पैसा झिक्ने एक जनालाई प्रक्राउ गरीएको प्रहरी इक्पेक्टर विज्ञान बस्नेतले जानकारी दिए। सप्तरीका महेश मण्डललाई पक्राउ गरीएको उनले बताए। पैसा झिकेको दिनको सीसीटीभी फुटेजका आधारमा पक्राउ गरीएका मण्डललाई फिदिम ल्याईसकेपछिमात्र घटनाको विस्तृत  जानकारी खुल्ने बस्नेतले बताए। थप ७० हजार रुपैँया मागेपछि प्रहरीमा उजुरी आएको बस्नेतले जानकारी दिए।

यस्ता घटना देशभरी देखिएको प्रहरीको भनाई छ। उदयपुरका रामदेव चौधरीलाई पैसा पठाउन लागाएर ठगि गरेको भन्दै प्रहरी समक्ष उजुरी आएको थियो। उजुरीका आधारमा नवलपरासिमा १९ बर्षिय नन्दन विन पक्राउ परेको इक्पेक्टर मानप्रसाद श्रेष्ठले जानकारी दिए। उनका अनुसार पक्राउ परेका एजेन्ट रहेको प्रारम्भिक रुपमा खुल्न आएको छ । उनले ४१ हजार रुपैँया पठाईदिएका थिए । पक्राउ परेका व्याक्तिले चार जनलाई ठगी गरेको प्रारम्भिक रुपमा खुल्न आउको श्रेष्ठले बताए।

कतिपयले चिठ्ठा परेको खबरलाई वास्ता गरेको देखिदैन। सामाजिक सञ्जालमा पनि ठगी हुन सक्ने भन्दै समाग्रिहरु पोष्ट भएपनि ठगिनेक्रम जारी छ। केहि दिन अघि  झापाको केर्खाकी एक महिलालाई चिठ्ठा परेकोले खाता नम्बर मागियो। यो खाता नम्बरमा सैनिककी एक महिलालाई चिठ्ठा परेको भन्दै पैसा जम्मा गर्न भनियो। जम्मा गरीन पनि। तर ठगिएको हुन सक्ने प्रहरी सूचना पाएपछि पठाउनेलाईनै फिर्ता दिने व्यवस्था मिलाईयो। भाईवरमा हिन्दि भाषामा कुरा गरेको पाइएको इलाका प्रहरी चौकी विर्तामोड झापाका डिएसपि कृष्ण कोईरालाले जानकारी दिए। आईडिकार्ड माग्दा अरवी भाषाको कार्ड पठाएको उनले बताए । देशका विभिन्न ठाँउमा ठगीको आरोपमा पक्राउ गरेका छन्।

यसरी ठगीमा संगठित समूह सलग्न भएको हुन सक्ने प्रहरी अनुमान छ । विदेशबाट ठगी गरीरहेको हुन सक्ने कोईराला बताउँछन्।  नेपालीकै खातामा पैसा जम्मा गर्न लगाईएको पनि पाईएको छ । केहि कमिसन रकम राखेर ठगी गर्नेले आफूलाई जम्मा गर्न लाएको हुन सक्ने अनुमान रहेको छ ।  यस प्रकारको ठगी पछिल्ला दिनहरुमा प्रहरीको टाउको दुखाईको विषय बनेका छन् । दुई बर्ष अघि एनसेलमा चिठ्ठा पर्यो भन्दै यसरीनै ठगी भएको थियो। देशका विभिन्न ठाँउमा ठगी गर्न सलग्नलाई पाँचथर प्रहरीले अनुसन्धान गरी प्रक्राउ गरेपनि मुख्य अभियुक्त फरारनै थिए । भारतीय नागरिक भएकाले प्रहरी पक्राउ गर्न सकेको थिएन । यसरी ठगीमा संलग्न मुख्य अभियुक्त प्रहरीको नियन्त्रणमा आउन सकिरहेका छैनन । यहाँ काम लगाईका तथा पैसा जम्मा गर्न खाता नम्बर मागिएकाहरु फस्ने गरेको पाईन्छ । नेपालमा कर्मचारी रहेकाले त्यहि खातामा जम्मा गरिदिनु भन्ने गरेको पाईएको छ।

‘देशभरी चिठ्ठा परेको भन्दै म्यासेज तथा कल आएको सार्वजनिक भएको छ। नागरिक स्तरमा सचेतना आउन जरुरी छ’ डिएसपि कोईरालाले नागरिकसँग भने ‘मुख्य अभियुक्त कहाँ छ भन्ने  पत्ता लगाउन कठिन छ। प्रविधिको दुरुपयोग गरेर यस प्रकारका ठगी भईरहेको पाईन्छ।’

देशका विभिन्न ठाँउमा ठगी भएको सार्वजनिक भएको छ। ललिपुरमा पाँच लाखसम्म ठगी भएको उजुरी आएको नकुल पोखरेलले बताए। ललितपुरमा चारवटा उजुरी आएको उनको भनाई छ। ठूलै समूह ठगीमा सक्रिय भएको हुन सक्ने उनको भनाई छ। नेपालमा पक्राउ पर्ने एजेण्टमात्र हुने गरेको उनको भनाई छ । विभिन्न जिल्लाका बासिन्दा ठगी भएको सुन्नमा आएको उनले बताए।

प्रकाशित: ३ चैत्र २०७४ ११:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App