१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

शम्भुजितको ‘चौका दाउ’ घोषणा

काठमाडौं– सामाजिक विषयबस्तुमा नयाँ फिल्म ‘ चौका दाउ’ बन्ने भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमका बीच संगीतकार एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजीत बास्कोटाको कथा र संगीत रहने फिल्मको घोषणा गरिएको हो। फिल्ममा शम्भुजितका छोरा सौर्यजितको लगानी हुनेछ। 

आप्mनो जन्मदिनको अवसर पारेर आयोजित फिल्म घोषणा कार्यक्रममा संगीतकार बास्काेटाले फिल्म मनोरञ्जन प्रधान सामाजिक विषयको हुने बताए। वैशाखमा छायांकन हुने फिल्मको रिलिज आगामी तिहारमा हुनेछ। बास्कोटाले यसअघि आठ फिल्मको कथा लेखिसकेका छन्।

फिल्मको निर्देशन पूर्णेन्दु झाले गर्नेछन्। यस अघि राजनैतिक विषयको फिल्म ‘संरक्षण’ निर्देशन गरेका झाले दोस्रो फिल्म हाँस्यप्रधान प्रेमकथामा आधारित भएको बताए। निर्माण पक्षका अनुसार फिल्मका लागि विल्सन बिक्रम राई ‘तक्मे बुढा’, रविन्द्र झा, सन्तोष पन्त, तैयब शाह, निर्मल शर्मा, रमेशरञ्जन झा, पुष्करबहादुर गुरुङ कलाकारका रुपमा चयन भइसकेका छन् । फिल्मका प्रमुख नायकनायिका भने चयन हुन बाँकी रहेको निर्देशक झाले बताए। 

कलाकार पन्तले कथा ससक्त र रमाईलो रहेकाले आफुले फिल्ममा अभिनय गर्न लागेको बताए । अर्का कलाकार राईले नेपाली संगीत क्षेत्रका अग्रज श्रष्टा बासकोटाको व्यानरमा निर्माण हुन लागेको फिल्ममा काम गर्न पाउँदा खुसी लागेको बताए।

फिल्मका निर्मातामा मनोजराज भण्डारी र सौर्यजीत बासकोटा छन् । दीर्घ गुरुङको छायांकन, शम्भुजीत बासकोटाको कथा, अभिमन्यु निरवीको पटकथा संवाद, मित्रदेव गुरुङको सम्पादन, चन्द्र पन्तको द्वन्द्व निर्देशन, बसन्त श्रेष्ठ र मौसम हिमालीको नृत्य, श्रीपुरुष ढकाल र दयाराम पाण्डेका गीत रहने फिल्ममा शम्भुजीतको संगीत हुनेछ।

प्रकाशित: ४ चैत्र २०७४ ०३:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App