१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकालाई ‘गल्ती सच्याउन’ चीनको आग्रह

बेइजिङ– चीनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शीर्ष स्तरमा अमेरिकी अधिकारी ताइवान जान पाउने कानून पास गरेकामा आपत्ति जनाएको छ। चीनले कानून पास गर्ने गल्ती सच्याउन अमेरिकालाई आग्रह समेत गरेको छ।

‘ताइवान ट्राभल एक्ट’ नाम दिइएको उक्त कानूनले अमेरिका र ताइवानका अधिकारीबीच ‘सबै स्तरमा’ भ्रमणलाई प्रोत्साहित गर्छ। 

तर चीनले भने यो विषयलाई ‘एक चीन नीति’विरुद्धको कदम भन्दै सच्याउन भनेको हो। वाशिंटनले १९७९ मा ‘एक चीन नीति’लाई समर्थन गर्दै ताइवानसँग राजनीतिक सम्बन्ध तोडेको थियो। तर पछिल्लो समय अमेरिकाले ताइवानमा व्यापारका नाममा हतियार बच्नेदेखि विविध गतिविधी बढाउँदै लगेको छ।  

राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेको नयाँ कानूनअनुसार अमेरिकी उच्च अधिकारी सहजै ताइवान भ्रमण गर्न पाउनेछन्। आपसी सम्बन्धका लागि यहाँका अधिकारीसँग भेट गर्न पाउनेछन्। 

यसअघि अमेरिकी प्रतिनिधि अहिलेसम्म ताइवान गइरहेका थिए। त्यहाँ अधिकारीसँग भेट पनि गरिरहेका छन्। ताइवानका अधिकारी ह्वाइट हाउस जाने गरेका थिए। तर यो भेटघाट निम्न दर्जाका अधिकारीमा मात्रै हुने गथ्र्यो। तर, कानून पास भएसँगै उच्च अधिकारीले आवतजावत र भेटघाट गर्न पाउने भएपछि चीनले आपत्ति जनाएको हो।

चीनले ताइवानलाई एक शक्तिशाली प्रान्त मान्छ भने एकीकरणको इच्छा पनि राख्दै आएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लू कांगले यो कदम एक चीन नीतिको गम्भीर उल्लंघन भएको र यसले ताइवानका स्वतन्त्रतावादी समर्थकलाई उक्साउने संकेत भएको उल्लेख गरेका छन्। उनले भनेका छन– चीन यसको कडा विरोध गर्छ। हामी भन्छौं अमेरिकाले आफ्नो तर्फबाट गल्ती सुधारोस । ताइवानसँग कुनैपनि आधिकारिक सम्बन्ध नराखोस, सम्बन्ध ठिकसँग कायम गरोस्।’
चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता वु कियानले यो कदमलाई चीनको आन्तरिक मामिलामा हस्तक्षेप भनेका छन्।

अमेरिकी सीनेट र हाउस अफ रिप्रेजेन्टेटिभ्सले यो कानूनलाई मार्च महिनामै पास गरेको थियो। ट्रम्पले शुक्रबार कानूनमा हस्ताक्षर गरेर पूर्ण रुपमा पारित गरेका हुन्। उनले चाँहेको भए खारेज गर्न सक्थे। 

ट्रम्पले हस्ताक्षर गर्नुअघि चिनियाँ विदेश मन्त्रालयले कानूनमा हस्ताक्षर गरे अमेरिका–चीन सम्बन्धमा गम्भीर नोक्सानी पुग्ने चेतावनी दिएका थिए। तर, ट्रम्पले पास गरेरै छाडे।

प्रकाशित: ४ चैत्र २०७४ ०९:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App