८ वैशाख २०८१ शनिबार
राजनीति

छड्केमा परे खानेपानी सचिव

काठमाडौं – खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरसहित एक दर्जनभन्दा बढी कर्मचारी छड्केमा परेका छन्। खानेपानी तथा सरसफाइमन्त्री विना मगरले आइतबार १० बजे मन्त्रालयमा छड्के जाँच गर्दा ती कर्मचारी अनुपस्थित थिए।
 
मन्त्री मन्त्रालय पुग्दा सचिव ठाकुर, सहसचिव अनिल खनाल, ज्योतिकुमार श्रेष्ठसहित एक दर्जनभन्दा बढी कर्मचारी अनुपस्थित भएको मन्त्रालय स्रोतले बतायो। ‘पहिलो दिनमै सचिव, सहसचिवसहित दर्जनभन्दा बढी कर्मचारी अनुपस्थित हुनु राम्रो होइन,’ मन्त्रीको भनाइ उद्दृत गर्दै एक कर्मचारीले भने, ‘भोलिदेखि कार्यालय समयमा उपस्थित नहुने र तोकिएको काम नगर्ने कर्मचारीमाथि कारबाही अघि बढ्छ।’ उनले अनुपस्थित हुने कर्मचारीको नाम टिपेर लगेकी छन्। 

मन्त्रालयका प्रवक्ता शंकर सुवेदीले भने मन्त्रीले छड्के गरेको सम्बन्धमा आपूmलाई कुनै जानकारी नभएको बताए। ‘खै मन्त्रीले छड्के गरेको भन्ने त मैले थाहै पाइनँ,’ सहसचिव सुवेदीले नागरिकसँग भने।

प्रकाशित: ५ चैत्र २०७४ ००:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App