८ वैशाख २०८१ शनिबार
शिक्षा

भूकम्प प्रतिरोधात्मक विद्यालय भवन निर्माण

सोलुखुम्बु – भूकम्पमा परी ध्वस्त भएको सोलुखुम्बुको जुनवेसी माविको भूकम्प प्रतिरोधात्मक भवन निर्माण गरिएको छ। जुनवेसीमा जापानी नागरिक हरुताका सकाईको पहलमा भवन निर्माण गरिएको हो। 

भूकम्पले भवन भत्काउदा अस्थायी टहरामा विद्यालयको पठन पाठन हुँदै आएको थियो। जापानको क्विटो यूनिभर्सिटीमा अध्ययनरत विद्यार्थी र प्राध्यापकहरुको सहयोगमा भवन निर्माण गरिएको सकाईकोले बताए। 

जापानबाट प्राप्त ८२ लाख ४९ हजार र अन्य सहयोगीबाट प्राप्त ४० लाख रुपैयाँ गरी एक करोड, २० लाख, ३१ हजारको लागतमा ४ कोठे र ५ कोठे गरी दुईवटा भवन निर्माण भएका प्रध्यानाध्यापक चुङवाछिरी लामाले बताए। उनले भवन निर्माण भएसँगै पठन पाठनमा सहज हुने बताए।

प्रकाशित: ५ चैत्र २०७४ ०३:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App