coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

रौतहटमा एसईईको तयारी पूरा

रौतहट– रौतहटमा एसईईको सम्पूर्ण तयारी पूरा भएको छ। जिल्ला शिक्षा कार्यालय रौतहटमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला शिक्षा अधिकारी राम विनय कुमार सिंहले चैत ८ देखि हुने एसइइ परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएका छन्।

जिल्लामा सामुदायिक विद्यालय ६९ वटा, खुल्ला विद्यालय एउटा तथा संस्थागत विद्यालय १७ रहेका छन्। यसै गरी पाँच वटा प्राविधिक विद्यालय रहेको जिशिकाले जनाएको छ। चैत ८ बाट सुरु हुने परीक्षामा ९२ वटा शैक्षिक संस्थाको सहभागिता रहने जिशिकाले जनाएको छ।

परीक्षार्थीको बढ्दो चापलाई हेरेर र विद्यार्थीलाई धेरै मर्का नपर्ने गरी परीक्षा केन्द्रको संख्या बढाइएको छ। जिल्लामा यो वर्ष ३० वटा परीक्षा केन्द्र कायम गरिएको जिशिअ सिंहले जानकारी गराएका छन्।

चैत ९ देखि सुरु हुने परीक्षामा ७ हजा दुई सय ९६ परीक्षार्थी सहभागी हुँदैछन्। नियमिततर्फ ६ हजार  सय ८६ तथा प्राविधिकतर्फ एक सय ९२ र एक्जेम्पटेड तर्फ चार सय १८ परीक्षार्थी सहभागी हुने जिशिअ सिंहले जानकारी गराएका छन्।

सबै परीक्षा केन्द्रको केन्द्राध्यक्ष तोकिसकिएको र परीक्षाको कापी तथा प्रश्नपत्र केन्द्रसम्म पु¥याउने काम पनि आन्तरिकरुपमा सम्पन्न हुन लागेको बताउँदै जिशिअ सिंहले एसइइ परीक्षालाई शान्ति र मर्यादित सम्पन्न गर्न समाजका सबै वर्ग तथा क्षेत्रको सहयोग आवश्यक रहेकोले सहयोगका लागि अपिल गरेका छन्। 

प्रकाशित: ५ चैत्र २०७४ १४:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App