coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

कार्तिकको असाधारण प्रदर्शन

कोलम्बो – दिनेश कार्तिकले अन्तिम बलमा छक्का प्रहार गरेपछि भारतले आइतबार बंगलादेशलाई ४ विकेटको नतिजामा पराजित गर्दै इन्डिपेन्डेन्स कप ट्वान्टी–२० क्रिकोणात्मक शृंखलाको उपाधि जितेको छ।

१३३–५ को स्थितिमा कार्तिक ब्याटिङका लागि आउँदा भारतलाई खेल जित्न अन्तिम २ ओभरमा ३२ रन आवश्यक थियो।

कार्तिकले रुबेल हुसेनको १९औं ओभरमा २२ रन प्रहार गर्दै भारतलाई जिततर्फ डो¥याएका थिए । पहिलो बलमा छक्का प्रहार गरेका कार्तिकले दोस्रो बलमा चौका र तेस्रो बलमा पुनः छक्का प्रहार गरे। चौथो बल डट खेलेका उनले पाँचौं बलमा २ रन लिएपछि अन्तिम बलमा छक्का प्रहार गरे।

अन्तिम ओभरमा भारतलाई जितका लागि १२ रन आवश्यक थियो। सौम्य सरकारले अन्तिम ओभरको पहिलो बल वाइड फालेपछि प्राप्त अतिरिक्त बलमा वासिङ्टन सुन्दरले कुनै रन जोड्न सकेनन् । वासिङ्टनले दोस्रो बलमा एक रन जोडे। कार्तिकले तेस्रो बलमा १ रन जोडेपछि चौथो बलका लागि स्ट्राइकमा आएका सुन्दरले चौका प्रहार गर्दा भारत जितबाट अन्तिम २ बलमा ५ रन टाढा थियो। पाँचौं बलमा सौम्यले सुन्दरलाई मेहदी हसनबाट क्याच गराएसँगै भारतको खेल जित्ने सम्भावना पातलिएको थियो। तर अन्तिम बलमा कार्तिकले छक्का प्रहार गर्दै भारतको सनसनीपूर्ण जित पक्का गरे।

८ बल सामना गरेका कार्तिकले २ चौका र ३ छक्काको मद्दतमा अविजित २९ रन जोडे। त्यस्तै कप्तान रोहित शर्माले ५६ र हार्दिक पाण्डेयले २८ रनको योगदान दिए  ४२ बल खेलेका शर्माले ४ चौका र ३ छक्का प्रहार गर्दा २७ बल सामना गरेका पाण्डेयले ३ चौका प्रहार गरे।

बंगलादेशका रुबेल हुसेनले २ तथा साकिब अल हसन, नाजमुल इस्लाम, मुस्ताफिजुर रहमान र सौम्यले एक÷एक विकेट लिए।

यसअघि सबिर रहमानको ७७ रन प्रेरित बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ६६ रनको योगफल तयार पारेको थियो। ५० बल खेलेका रहमानले ४ चौका र ३ छक्का प्रहार गरे। त्यस्तै मोहमदुल्लाहले २१ र मेहदी हसनले अविजित १९ रनको योगदान दिए।

भारतका युजबेन्दर चाहलले ३ र जयदेव उडनकटले २ विकेट लिए।

प्रकाशित: ६ चैत्र २०७४ ०२:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App